बागमती प्रदेशमा अब ७० अंक ल्याए ड्राइभिङ लाइसेन्स पाइने, मन्त्रालयले लेख्यो पत्र
काठमाडौं – बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र अर्थात ड्राइभिङ...
काठमाडौं – आज देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा प्रारम्भ भएको छ । विश्व व्यापीरुपमा फैलिएको कोरोनाको महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल भदौ २० गतेदेखि सुरु गर्न देशैभरको यातायात कार्यालयमा विभागले पत्राचार गरिसकेको बताएको छ । यसै अनुसार विभिन्न कार्यालयले सूचना प्रकाशित गरेका छन् ।
विभागले लाइसेन्सको आवेदन दिएका आवेदकको ट्रायल लिखित र ट्रायल परीक्षा सकेपछि मात्रै नयाँ आवेदन खुलाउने बताएको छ । लाइसेन्सको लागि आवेदन दिनेहरूको संख्या देशभरबाट ६ लाख पुगेका छन् ।
सो आवेदकको परीक्षा नसकी नयाँ आवेदन नखुलाउने विभागको तयारी छ । लिखित र ट्रायल परीक्षाका लागि आवेदकले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गर्ने विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार शुक्रबारबाट कार्यान्वयनमा ल्याइएको यो प्रावधान अन्तर्गत ललितपुरको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको छ । अब यसप्रकारको सवारी चालक अनुमतिपत्र वितरण कार्य १९ वटै यातायात व्यवस्था कार्यालयबाट गर्ने तयारी समेत भइरहेको छ ।
काठमाडौं – बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र अर्थात ड्राइभिङ...
कुनै पनि सवारी साधन चालकले वार्षिक रुपमा सरकारलाई कर तिर्नु पर्छ । हाल...
काठमाडौं – सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...