यस्ता छन् हालै सार्वजनिक भएको टाटा टिगोर ईभीका ५ विशेषताहरु

टाटा टिगोर र टिगोर ईभी दुबै बजारमा लन्च भइसकेको छ । हालै टाटा मोटर्सले टाटा टिगोरको इलेक्ट्रिक कार लन्च गरेको छ । सो इलेक्ट्रिक कारको बारेमा ५ विशेषता यस्तो रहेको छ ।

ब्याट्री
२०२१ टाटा टिगोर ईभीले स्ट्यान्डर्ड परीक्षणको समयमा सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज दिएको थियो । उक्त रेन्ज एआरएआईद्वारा प्रमाणित गरिएको थियो । तर, सडकको अवस्थालाई हेर्ने हो भने यसको आँकडा २५० किलोमिटर हुने अनुमान गरिएको छ । टाटाको सो नयाँ कारमा २६ केडब्ल्युएचको ब्याट्री प्याक समावेश गरिएको छ । जो कम्पनीको एसयूभी भन्दा कम रहेको छ । उक्त इलेक्ट्रिक कार फुल चार्ज हुनको लागि करिब ८ घन्टाको समय लाग्छ । घरेलु १५ए सकेटबाट चार्ज गर्दा ८ घन्टामा ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

परफर्मेन्स
टिगोर ईभीमा भएको जिपट्रोन टेक्नोलोजीले यसको परफर्मेन्सलाई उत्कृष्ट बनाउछ । कारले ७४ बीएचपीको पावर र १७० एनएमको टर्क जेनेरेट गर्ने कम्पनीले दाबी गरेको छ । सो कारले ० देखि ६० किलोमिटर प्रति घन्टाको स्पिड लिनको लागि ५.७ सेकेन्डको समय लाग्छ । कारको टप स्पिड १२० किलोमिटर प्रति घन्टा रहेको छ ।

कलर अप्सन
कम्पनीले टिगोर ईभी मुख्य रुपमा तीन भेरिएन्टमा प्रस्तुत गरेको छ । यसमा एक्सई, एक्सएम र एक्सजेड प्लस समावेश रहेको छ । डुअल टोन कलर एक्सजेड प्लसमा मात्र उपलब्ध रहेको छ ।

फिचर
२०२१ टिगोर ईभीको फेसलाई पनि अपडेट गरिएको छ । यसको साथै कारमा डिजाइन फ्रन्ट ग्रील, बम्पर, हेलोजन हेड लाइट रहेको छ र यो एलईडी र डीआरएलएसको साथमा उपलब्ध रहेको छ । साथै कारमा अलोय ह्वीलमा ब्लु एक्सेन्ट पनि रहेको छ । टिगोर ईभीमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट, हरमन अडियो सिस्टम र अल डिजिटल ड्राइभर डिस्प्लेको साथमा निलो रङको सिलाइको अपहोलस्ट्री पनि समावेश गरिएको छ ।

मूल्य र वारेन्टी
टिगोर ईभीको एक्सई भेरिएन्टको सुरुवाती मूल्य ११ लाख ९९ हजार भारु रहेको छ । यसको एक्सएम भेरिएन्टको मूल्य १२ लाख ४९ हजार भारु र एक्सजेड भेरिएन्टको मूल्य १२ लाख ९९ हजार भारु रहेको छ । कम्पनीले कारमा ८ वर्ष र १ लाख ६० हजार किलोमिटरको ब्याट्री र वारेन्टी प्रदान गरेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ टाटा पन्चको कठोर परीक्षण, गहिरो पानीदेखि ठाडो उकालोसम्म

नयाँ टाटा पन्चको कठोर परीक्षण, गहिरो पानीदेखि ठाडो उकालोसम्म

टाटा मोटर्सले हालै पेश गरिएको नयाँ टाटा पन्चलाई अत्यन्तै कठोर परीक्षणमा...

अलविदा चितवनकै अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पिया !

अलविदा चितवनकै अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पिया !

चितवनका अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पियाको निधन भएको छ । चितवनका...

टाटा मोटर्सले भारतीय बजारमा ३ नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने

टाटा मोटर्सले भारतीय बजारमा ३ नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने

टाटा मोटर्सआफ्नो पोर्टफोलियो बलियो बनाउने योजनामा ​​छ । टाटाले अब ३ नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...