भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च
हुन्डाईले आई२० एन लाइन कार भारतमा लन्च गरेको छ । यसको सुरुवाती एक्स शोरुम...
कोरियन कार निर्माता कम्पनी हुन्डाई मोटर्सले माइक्रो एसयूभी क्यास्परको लुक्स र फिचर्स सार्वजनिक गरेको छ । यो एसयूभीको डिजाइन हुन्डाई भेन्युबाट प्रेरित छ । जसका कारण यसलाई बेबी भेन्यु समेत भन्ने गरिएको छ । यो हुन्डाईको ग्लोबल पोर्टफोलियोमै सबैभन्दा सानो कार हुनेछ ।
पहिलो पटक कोरियामा बिक्री प्रारम्भ गरिने हुन्डाई क्यास्पर सन् २०२२ को प्रारम्भ तिर भारतमा आउन सक्ने बताइएको छ । नेपाली बजारमा पनि यसपछि आउन सक्ने अनुमान गर्न सकिन्छ ।
यसको प्रतिस्पर्धा टाटा मोटर्सले लन्च गर्न लागेको पन्च र मारुती सुजुकी इग्निससंँग हुने बताइएको छ । यी वाहेक निसान म्याग्नाइट र रेनो काइगर जस्ता इन्ट्री लेवल कम्प्याक्ट एसयूभीसँग समेत यसको प्रतिस्पर्धा हुनेछ । यसको मूल्य भारतमा ५ देखि ८ लाख भारतीय रुपैयाँ रहने अनुमान लगाइएको छ ।
हुन्डाईले यो एसयूभीलाई हुन्डाई ग्रान्ड आई१० नियोस र स्यान्ट्रोमा प्रयोग गरिएको के१ प्लेटफर्ममा निर्माण गरेको हो । यसको लम्बाई ३५९५ एमएम, चौडाई १५९५ एमएम र उचाई १५७५ एमएम रहेको छ ।
क्यास्परको फ्रन्टमा सिंगल स्लेट ग्रिलका साथ नयाँ डिजाइन दिइएको छ । जसमा गोलो आकारको हेडल्याम्पको साथ एलईडी डीआरएल र लोअर बम्परमा एलइडी रिङ देख्न सकिन्छ । साथमा सिल्भर फिनिस स्किड प्लेटले यो एसयूभीको लुक्सलाई एग्रेसिभ बनाएको छ । साथै यसमा डुअल टोन रुफ टेल र मल्टि स्पोक अलोय ह्विल समेत उपलब्ध गराइएको छ । यसको पछाडि भागको तल्लो बम्परमा इन्टिग्रेटेड टेललाइट जडान गरिएको छ ।
कम्पनीका अनुसार यसको क्याविनलाई समेत आकर्षक बनाउनका लागि कुनै कमी गरिएको छैन । यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डुअल टोन इन्टेरियर, मल्टिफंक्सनल स्टेयरिङ ह्विल, कनेक्टेड कार टेक्नोलोजी, रिभर्स पार्किङ क्यामेरा, डुअल एयरब्याग, किलेस इन्ट्रि, एड्जस्टेबल हेडरेस्ट लगायत कैयौ सेफ्टी फिचर्स उपलब्ध गराइएको छ।
कोरियामा लन्च भएको हुन्डाई क्यास्परमा १.० लिटर नेचुरल्ली एस्पिरेटेड र टर्बो पेट्रोल इन्जिन हुनेछ, जसले क्रमशः ७६ एचपी र १०० एचपी पावर दिनेछ । यद्यपि आगामी दिनमा १.२ लिटर इन्जिनका साथ पनि यो उपलब्ध हुन सक्ने बताइएको छ, जसको पावर ८२ बीएचपी हुनेछ । क्यास्पर ५ स्पिड म्यानुअल र अटोमेटिक गरी दुवै अप्सनमा उपलब्ध हुनेछ ।
हुन्डाईले आई२० एन लाइन कार भारतमा लन्च गरेको छ । यसको सुरुवाती एक्स शोरुम...
काठमाडौं–हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी...
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...