नयाँ टाटा टिगोर ईभी भारतमा सार्वजनिक, ३०६ किमी रेन्ज

टाटाको नयाँ टिगोर इलेक्ट्रिक कार भारतीय बजारमा लन्च भएको छ । शुरुवाती मूल्य ११ लाख ९९ हजार भारु कायम गरिएको सो कारलाई जिपट्रोन प्रविधियुक्त ब्याट्री प्याकका साथ उपलब्ध गराइएको छ । यसले गर्दा सिंगल चार्जमा यसले ३०६ किलोमिटरको रेन्ज प्रदान गर्छ ।

एक्सई, एक्सएम, एक्सजेड र एक्सजेड प्लस गरी चार भेरिएन्टमा उपलब्ध टिगोर ईभीको सबैभन्दा माथिल्लो भेरिएन्टको मूल्य भने १३ लाख १४ हजार भारु तोकिएको छ ।

यसका साथै टिगोर ईभीको लुकमा पनि परिवर्तन गरिएको छ भने नयाँ फिचर र उपकरण समेत जोडिएको छ ।

पहिले उपलब्ध टिगोर ईभीले सिंगल चार्जमा स्ट्यान्डर्ड भर्सनले १४२ र एक्सटेन्डेड भर्सनले २१३ किलोमिटर रेन्ज मात्र प्रदान गर्ने गरेकोमा जिपट्रोन प्रविधिका कारण यसले अब ३०६ किलोमिटरको रेन्ज दिने बताइएको छ । यो कारमा आईपी६७ रेटिङयुक्त २६ किलोवाट आवरको लिथियम ब्याट्री प्याक र ५५ किलोवाटको इलेक्ट्रिक मोटर लगाइएको छ ।

टिगोर ईभीलाई १५ एम्पियरको होम सर्किटले चार्ज गर्दा फुल चार्ज हुन साढे ८ घण्टा सम्म लाग्छ । फास्ट चार्जरको सहयोगले भने यसलाई १ घण्टामै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

कम्पनीले यसको ब्याट्री र इलेक्ट्रिक मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी उपलब्ध गराउने बताएको छ ।

टिगोर ईभीले ७४ बीएचपीको पावर र १७० एनएमको टर्क जेनेरेट गर्छ । यसले मात्र ५.७ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

गाडीको अघिल्लो भागमा ट्राई–एरो प्याटर्न, निलो रङको स्लेट र धेरै स्थानमा ईभीको ब्याज छ । त्यसैगरी प्रोजेक्टर हेडलाइट, वर्गाकार फगलाइट, एलईडी डीआरएल, नयाँ अलोय ह्विल र ब्लु एक्सेन्ट, नयाँ टेललाइट आदि उपलब्ध छ ।

यसमा एन्ड्रोइड अटो र एप्पल कारप्लेका साथ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ । इलेक्ट्रिक कार भएकाले यसको इन्टेरियरमा धेरै ब्लु एक्सेन्टको प्रयोग गरिएको छ ।

त्यसैगरी यो कारमा ड्युअल फ्रन्ट एयरब्याग, ईबीडी सहितको एबीएस, दुवै पांग्रामा डिस्क ब्रेक, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्क असिस्ट, हिल एक्सेन्ट असिस्ट, हिल डिसेन्ट असिस्ट, ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्पिड अलर्ट सिस्टम, रियर पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा सहितका धेरै सेफ्टी फिचर्स उपलब्ध छन् । यसमा ३० भन्दा धेरै कनेक्टेड फिचर प्रयोग गर्न सकिन्छ ।

टिगोर ईभीले हालै ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ समेत प्राप्त गरेको छ । नेपाली बजारमा भर्खरै टाटा नेक्सन ईभी उपलब्ध भएको छ । यो कार आउन भने केही समय लाग्न सक्छ ।

सम्बन्धित समाचारहरू

नेपालमा १४ सय भन्दा बढी टाटा एक्सप्रेस–टी ईभी बिक्री, ट्याक्सी चालकको रोजाइ

नेपालमा १४ सय भन्दा बढी टाटा एक्सप्रेस–टी ईभी बिक्री, ट्याक्सी चालकको रोजाइ

नेपाली अटो मार्केट ईभीमय बनिराख्दा ट्याक्सी चालकहरुबीच पनि ईभीका सवारी...

चितवनमा टाटाको नयाँ शोरुम, टियागो इभी र पन्चको बिक्री सुरु

चितवनमा टाटाको नयाँ शोरुम, टियागो इभी र पन्चको बिक्री सुरु

चितवन– टाटा मोटर्सले आफ्ना उत्पादन विक्रीवितरणका लागि भरतपुरमा नयाँ...

कार एक्सचेन्ज मेलामा सेकेन्ड ह्यान्ड गाडी किन्ने ग्राहकलाई सिप्रदी एस्योर्डले दियो स्मार्ट वाच

कार एक्सचेन्ज मेलामा सेकेन्ड ह्यान्ड गाडी किन्ने ग्राहकलाई सिप्रदी एस्योर्डले दियो स्मार्ट वाच

काठमाडौं–टाटा कारको सर्टिफाइड रिकन्डिसन हाउस सिप्रदी एस्योर्डले दशैं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...