फेस्टिभल सिजनमा हटकेक बन्दै छन् यी कार : सर्बाधिक लोकप्रिय बन्ने अपेक्षा

नेपालमा फेस्टिभल सिजन सुरुवात भएसँगै सवारी बजारको मुख्य सिजन समेत शुरु भएको छ । बर्षभरीमा बिक्री हुने कुल सवारीसाधनको झन्डै १ तिहाई हिस्सा यही समयमा बिक्री हुने हुँदा पनि यो सिजन सवारी बिक्रेताका लागि महत्वपूर्ण मान्ने गरिन्छ ।

यो सिजनलाई लक्षित गरी बिक्रेता कम्पनीहरुले नयाँ नयाँ मोडलका सवारीसाधन आयात गर्ने गरेका छन् । साथै ग्राहकलाई आफ्नो ब्रान्डमा आकर्षित गर्न विभिन्न छुट र अफर समावेश गरी आकर्षक स्किम समेत दिँदै आइरहेका छन् । जसका कारण पनि यो सिजनमा सावरी साधन खरिद गर्नु उपभोक्ताका लागि फाइदाजनक हुने गरेको छ ।

यदि कोरोनाले महामारी रुप नलिएको भए अहिले नाडा अटो शो आयोजना गरिएको हुन्थ्यो । अटो शोमा प्रायः सबै ब्रान्डका गाडीको प्रदर्शनी गरिने हुँदा ग्राहकलाई पनि एकै थलोमा गएर आफूले चाहेको सवारी छनोट गर्न सजिलो हुने थियो भने कम्पनीहरुलाई पनि प्रदर्शनी स्थलबाटै ग्राहक जुटाउन सहज हुँदै आइरहेको थियो । तर कोरोना महामारीका कारण अघिल्लो बर्षदेखि नाडा अटो शो आयोजना हुन सकिरहेको छैन । जसका कारण ग्राहकलाई आफ्नै शोरुममा आकर्षित गर्नुपर्ने दबाबमा बिक्रेता कम्पनीहरु छन् ।

फेस्टिभल सिजनमा बढीभन्दा बढी सवारीसाधन बिक्री गर्न अहिले विभिन्न कम्पनीहरुले तम्तयारी थालिसकेका छन् । कतिपय यस्ता कम्पनीहरुले दशैमा डेलिभरी दिने बचनसहित प्रि–बुकिङ समेत लिन थालेका छन् । प्रायः बजारमा माग उच्च भएका र माग बमोजिम आपूर्ति सहज नभएका यस्ता गाडीको कम्पनीहरुले प्रि–बुकिङ लिने गरेका छन् ।

प्यासेन्जर कार सेग्मेन्टमा सर्बाधिक बिक्री हुने हुन्डाई ब्रान्डका प्रायः सबैजसो मोडल अहिले ग्राहकले भनेकै समयमा खरिद गर्न मिल्ने अवस्थामा छन् । इलेक्ट्रिक कार कोना बाहेक क्रेटा, भेन्यु, नयाँ आई–२०, स्यान्ट्रो, ग्रान्ड आई–१० नियोस लगायत कार स्टकमा उपलब्ध भएका कारण ग्राहकले चाहेकै समयमा डेलिभरी लिन सक्नेछन् । अघिल्ला बर्षहरुमा झै यसपालि पनि हुन्डाइको क्रेटा र भेन्यु एसयूभीको माग यो सिजनमा उच्च रहने देखिन्छ ।

नयाँ मोडल उपलब्ध नभएका कारण बिगत केही समययता गुमनाम जस्तै बनेको मारुती सुजुकीले यही सिजनलाई लक्षित गरी नयाँ ब्रेजा र जिम्नी अफरोडर एसयुभी ल्याउने तयारी तीव्र बनाएको छ । यी दुई एसयूभी छिट्टै भित्रिए मारुती सुजुकीको नयाँ कार खोजिरहेका ग्राहक आकर्षित हुने देखिन्छ । सब फोर मिटर एसयूभी सेग्मेन्टमा मार्केट लिडर ब्रेजाको नयाँ मोडलमा व्यग्र ग्राहकले यो एसयूभी रुचिका साथ खरिद गर्ने हुँदा सुजुकीका लागि ब्रेजा हट केक बन्ने देखिन्छ ।

नेक्सन इभीलाई बजारमा उतारेर चर्चा कमाएको सिप्रदी ट्रेडिङका लागि यो एसयूभीको कीर्तिमानी बिक्रीले यसपालीको चाडपर्बमा थप उल्लास थप्ने निश्चित प्रायः छ । हालसम्म ५ सय हाराहारीमा बुकिङ भैसकेको यो एसयूभीको डेलिभरी कम्पनीका लागि मुख्य चुनौती बनिरहेको छ । भारतीय बजारमै अत्यधिक माग भएको र माग बमोजिम उत्पादन हुन नसकेका कारण यो एसयूभी हात पार्न नेपाली ग्राहकले समेत लामै समय पर्खनुपर्ने निश्चित देखिएको छ ।

कार बजारमा सर्बाधिक चर्चा बटुल्न सफल निसान म्याग्नाइट नेपाल भित्रिएको ६ महिना बितिसक्दा समेत अझै माग बमोजिम आपूर्ति हुन सकिरहेको छैन । सस्तो मूल्यका कारण लोकप्रिय बनेको म्याग्नाइट एसयूभीको यो सिजनमा माग अझै बढ्ने देखिएको छ । त्यसैगरी रेनो काइगरको समेत अहिले माग उच्च छ । म्याग्नाइट भन्दा २ लाख रुपैयाँसम्मले सस्तो काइगर यसपालीको फेस्टिभल सिजनमा हट केक बनेर उदाउने अनुमान लगाउन सकिन्छ ।

महिन्द्रा, फोर्ड र कियासँग तत्काल भित्रिने नयाँ मोडल उपलब्ध नभएका कारण उनीहरुले यस अघि कारोबार हुँदै आइरहेका कारमा निर्भर हुनुपर्नेछ । महिन्द्राले भारतीय बजारमा थार सार्बजनिक गरेलगत्तै नेपाली बजारमा समेत माग उच्च भएपनि यो अफरोडर एसयूभी तत्काल नेपाल आउने टुंगो लागिसकेको छैन । दशै अगाबै यो गाडी नेपाल भित्र्याउन सके महिन्द्रा बिक्रेता अग्नि इन्कर्पोरेटेडका लागि यसले थप उल्लास थप्ने निश्चित छ । त्यसैगरी सेल्टोस र सोनेट एसयूभीको बिक्रीमा निर्भर कियाको यी दुई एसयूभीले समेत राम्रो कारोबार गर्ने देखिन्छ ।

भारतीय बजारमा उत्पादन भएको कम्प्याक्ट एसयूभीलाई प्रतिस्पर्धी मूल्यमा उतारेर चर्चामा आएको स्कोडाका लागि कुशाक एसयूभी हट केक बन्ने छ भने दशै अगाबै टाइगुन एसयूभी उतार्ने तयारीमा जुटेको फक्सवागनका लागि यो एसयूभीले थप उल्लास थप्ने देखिन्छ ।

यी वाहेक नेपाली बजारमा हालै भित्रिएका ग्रेटवाल र ह्यावल लगायतका विभिन्न चाइनिज ब्रान्डका सवारी साधन तथा अन्य विभिन्न ब्रान्डका इलेक्ट्रिक सवारी साधनको पनि आफ्नै बजार हुनेछ ।

सम्बन्धित समाचारहरू

प्रगति पथमा लम्किदै, सपना पूरा गर्दै हुन्डाई नेपाल

प्रगति पथमा लम्किदै, सपना पूरा गर्दै हुन्डाई नेपाल

फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको...

हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी सफरका लागि हिँडे तीनजना अटो ‘इन्थुजियास्ट’

हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी सफरका लागि हिँडे तीनजना अटो ‘इन्थुजियास्ट’

काठमाडौं– हुन्डाई गाडिको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

‘सेभेन सिटर’ जिप मेरिडियनबारे सात तथ्य

‘सेभेन सिटर’ जिप मेरिडियनबारे सात तथ्य

लामो समयदेखि प्रतीक्षा गरिएको जिप मेरिडियन भर्खरै भारतमा सार्वजनिक भएर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...