ट्रयाक्सन कन्ट्रोल र हिल असिस्ट फिचर सहित आउँदै छ टाटा पन्च, यस्ता हुनेछन् फिचर

टाटाले हालै तस्बिर सार्वजनिक गरेको सानो एसयूभी टाटा पन्चको चर्चा चुलिएको छ । कम्पनीले सो एसयूभीमा परीक्षण गरिरहेको छ । जानकारीका अनुसार टाटा पन्च अफ रोडमा परीक्षण भइरहेको छ । सो कारमा कैयौ सेगमेन्ट फर्स्ट फिचरको साथमा पेश गरिनेछ । जसमा ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड असिस्ट र हिल स्टार्ट असिस्ट जस्ता फिचर रहेको छ ।

टाटा पन्चमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स र १६ इन्चको अलोय ह्वील समावेश गरिएको छ । टाटा पन्च एक ह्याचब्याक कार हो जसमा एसयूभीको फिचर समावेश गरिएको छ । जसले गर्दा सो कारले प्रिमियम ह्याचब्याक कारसँग पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको छ । सो कार कम्पनीको अल्फा एआरसी प्लेटफर्ममा तयार पारिएको हो । जसमा २.० डिजाइन ल्याङग्वेजको प्रयोग गरिएको छ ।

कम्पनीको यो इन्ट्रि लेवल एसयूभी हुनेछ । टाटा पन्चको फ्रन्ट लुक निकै आकर्षक रहेको छ । कारमा सानो ग्रिल र बम्परमा एलईडी प्रोजेक्टर हेडल्याम्प र फगल्याम्प समावेश गरिएको छ । हेडलाइटको माथि स्लिम एलईडी डेटाइम रनिङ लाइट समावेश गरिएको छ ।

टाटा मोटर्सले हालको लागि सो कारको इन्टेरियरको बारेमा खुलासा गरेको छैन । अनुमानित रिपोर्ट अनुसार टाटा पन्चको इन्टेरियरमा टाटा नेक्सनमा जस्तै ७ इन्चको फ्लोटिङ स्टाइल टचस्क्रिन इन्फोटेनमेन्ट युनिट समावेश गर्ने सम्भावना रहेको छ । यसको साथै टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा एन्ड्रोयड अटो र एपल कारप्ले कनेक्टिभिटीको साथमा आईआरए कनेक्टेड प्रविधि पनि समावेश गरिने सम्भावना रहेको छ । कारमा हरमनको प्रिमियम साउन्ड सिस्टम, मल्टि स्टेयरिङ ह्वील, डुअल टोन इन्टेरियर र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश गरिएको छ ।

टाटा पन्च एसयूभीमा २ इन्जिनको विकल्प रहेको छ । इन्ट्रि लेवल भेरिएन्टमा १.२ लिटर, ३ सिलिन्डर रिभोट्रोन इन्जिन उपलब्ध हुने सम्भावना रहेको छ । जसले ८६ बीएचपीको पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ । साथै ५ स्पिड म्यानुअल र अटोमेटिकको विकल्प पनि रहेको छ ।

टाटा पन्चको टप भेरिएन्टमा १.२ लिटर, टर्बाे पेट्रोल इन्जिनको प्रयोग गरिएको छ । जसको प्रयोग अल्ट्रोज आईटर्बाेमा पनि गरिएको थियो । सो इन्जिनले ११० बीएचपीको पावर र १४० एनएमको टर्क प्रदान गर्छ । यसको साथै ५ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्सको पनि विकल्प रहेको छ ।

भारतीय बजारमा लन्चिङ पछि सो कार मारुती सुजुकी इग्निस, फोर्ड फ्रिस्टाइल, महिन्द्रा केयूभी१०० र हुन्डाई क्यास्परसँग प्रतिस्पर्धा हुनेछ । नेपाली बजारमा पनि त्यसपछि यो कार आउन सक्ने सम्भावना रहन्छ ।

कम्पनीले सो कारको मूल्यको बारेमा केही खुलासा गरेको छैन । सो कार ५ लाखदेखि ८ लाख भारुमा लन्च गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा टाटा योद्धा १.५ टी सार्वजनिक

नेपाली बजारमा टाटा योद्धा १.५ टी सार्वजनिक

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

१७ लाख ४९ हजार भारुमा लन्च भयो टाटा कर्भ ईभी, यस्तो छ विशेषता

१७ लाख ४९ हजार भारुमा लन्च भयो टाटा कर्भ ईभी, यस्तो छ विशेषता

टाटा मोटर्सले भारतीय बजारमा कर्भ एसयूभी लन्च गरेको छ । सो कुपे एसयुभीको...

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...