अत्तरखेल युवा समाजलाई सुरक्षा लुब्रिकेन्टको प्रायोजन

काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित अत्तरखेल युवा समाजलाई सुरक्षा लुब्रिकेन्टले प्रायोजन गर्ने भएको छ । अत्तरखेल युवा समाजले सी डिभिजन लिग क्वालिफायर खेल्ने छ । समाजका खेलाडीहरुले सुरक्षा लुब्रिकेन्टको लोगोयुक्त जर्सी लगाएर फुटबल खेल्ने छन् ।

गत साउन १० देखि सातदोबाटोस्थित एन्फा परिसरमा शुरु भएको प्रतियोगिता आगामी असोज सम्म चल्ने छ । प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाबाट ५ टिम सहभागी हुने नगरप्रमुख सन्तोष चालिसेले बताए । प्रतियोगितामा अत्तरखेल युवा क्लबबाट २३ जना खेलाडीको टिम सहभागी हुने समाजले जानकारी दिएको छ ।

सुरक्षा लुब्रिकेन्टका म्यानेजिङ डाइरेक्टर जयराज भण्डारी र कार्यकारी निर्देशक फुर्वा लामा समेतको उपस्थितिमा भएको सो कार्यक्रममा नगरप्रमुख सन्तोष चालिसे, प्रमुख सल्लाहकार दीपक रिसाल, प्रमुख कोच नगेश रावत, सहकोच सुजन बस्नेत, फुटबल टिम क्याप्टेन दुर्गालाल श्रेष्ठ, समाजका अध्यक्ष सुमन लामा, सचिव दिनेश राई, फुटबल अध्यक्ष विनोद सुनुवार, खेलाडी तथा खेलप्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

पूर्वाञ्चल ल्युब आयलद्वारा नेपालमै उत्पादित सुरक्षा लुब्रिकेन्टले सबै रेन्जका लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ । विशेष गरी हेभी तथा कमर्सियल भेइकल र टु ह्विलर लुब्रिकेन्ट बजारमा सुरक्षा लुब्रिकेन्टको उपस्थिति बढ्दै गएको कार्यकारी निर्देशक फुर्वा लामाले बताए ।

सम्बन्धित समाचारहरू

भिडोल लुब्रिकेन्ट अब नेपालमै उत्पादन हुने, भीजी ल्युबले बिक्री नगर्ने

भिडोल लुब्रिकेन्ट अब नेपालमै उत्पादन हुने, भीजी ल्युबले बिक्री नगर्ने

काठमाडौं – नेपाली बजारमा उपलब्ध भिडोल लुब्रिकेन्ट अब भीजी ल्युबले...

‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश हुनुको कारण र फाइदा वारेमा यस्तो छ सीईओको विचार

‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश हुनुको कारण र फाइदा वारेमा यस्तो छ सीईओको विचार

हाई पर्फमेन्स आयल र लुब्रिकेन्ट उत्पादनको विशेषज्ञता हासिल गरेको मोटुल...

ओम्नी इन्टरनेश्नलबाट गुम्यो भल्भोलिन लुब्रिकेन्ट्सको डिलरशिप, नयाँ बिक्रेतामा जगदम्बा मोटर्स

ओम्नी इन्टरनेश्नलबाट गुम्यो भल्भोलिन लुब्रिकेन्ट्सको डिलरशिप, नयाँ बिक्रेतामा जगदम्बा मोटर्स

काठमाडौं– विश्वकै पुरानोमध्ये एक लुब्रिकेन्ट्स ब्राण्ड भल्भोलिनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...