केटीएमले सार्वजनिक ग-यो आरसी ३९० को टिजर, सेप्टेम्वर महिनामै लन्च गरिने

केटीएमले आफ्नो आउँदै गरेको नयाँ बाइक आरसी ३९० को टिजर सार्वजनिक गरेको छ । सेप्टेम्वर महिनाभित्र लन्च गरिने भनिएको उक्त बाइकको मूल्य भने सार्वजनिक गरिएको छैन । केटीएमले आरसी रेन्जमा १२५, २०० र ३९० गरी कुल तीनवटा मोडलको उत्पादन गरिरहेको छ । जसमध्ये आरसी १२५ र २५० को यसअघि नै टिजर सार्वजनिक भैसकेको छ ।

आरसी ३९० मा केटीएमले अन्तर्राष्ट्रिय बजारमा यसअघि कारोबार हुँदै आइरहको ३९० एड्भेन्चरमा जस्तै एड्जस्ट गर्न मिल्ने सस्पेन्सन उपलब्ध गराएको छ । त्यसैगरी ड्युक ३९० मा उपलब्ध गराउँदै आएको टिएफटी डिस्प्ले उपलब्ध गराएको छ । जहाँबाट राइडरले ब्लुटुथ कनेक्ट गरी राइडिङको मज्जा लिन सक्नेछन् ।

यसका साथै टर्न बाई टर्न नेभिगेसन, फोन कन्ट्रोल र मिडिया प्लेब्याक फिचर्स समेत उपलब्ध गराइएको छ । यो बाइकमा कम्पनीले दुईवटा फ्यान सहितको कर्भ रेडिएटर जडान गरेको छ । जसले गर्दा इन्जिनको कुलिङ सिस्टमलाई थप प्रभावकारी बनाउने दाबी गरिएको छ ।

भारतीय बजारमा सार्वजनिक भएलगत्तै नेपाली बजारमा समेत यसलाई सार्वजनिक गरिने अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

केटिएम ३९० एड्भेन्चरको नयाँ भेरिएन्ट आउँदै, यी फिचर थप हुने

केटिएम ३९० एड्भेन्चरको नयाँ भेरिएन्ट आउँदै, यी फिचर थप हुने

केटिएमले आफ्नो लोकप्रिय मोटरसाइकल एडभेन्चर ३९० को नयाँ भेरिएन्ट लन्च...

दसैं अफर : सीएफमोटो २५० एसआरमा ३० हजार छुट, ६ हजारको हेल्मेट उपहार

दसैं अफर : सीएफमोटो २५० एसआरमा ३० हजार छुट, ६ हजारको हेल्मेट उपहार

काठमाडौं – नेपाली बजारमा उपलब्ध सीएफमोटो २५० एसआर मोटरसाइकल किन्दा पुरै...

२५० सिसी क्षमताको नयाँ क्रुजर वाइक, मूल्य ७ लाख ५० हजार

२५० सिसी क्षमताको नयाँ क्रुजर वाइक, मूल्य ७ लाख ५० हजार

नेपाली टु ह्विलर बजारमा अर्को एक नयाँ ब्रान्डको क्रुजर वाइक भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...