अब लाइसेन्स परीक्षाको आवेदन खुल्ने, स्वीकृत भयो परीक्षाको मापदण्ड

काठमाडौं – यातायात व्यवस्था विभागले संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७८ स्वीकृत गरेको छ ।

यस अनुसार अब नयाँ मापदण्ड बमोजिम परीक्षा सञ्चालन हुनेछ । नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सकिने गरी एक सिफ्टमा बढीमा १०० जना परिक्षार्थीको परीक्षा गराउन सकिने छ ।

एउटा कोठामा बढीमा २५ जना राख्ने व्यवस्था गरिएको छ । यस्तै ट्रायल पनि एक सिफ्टमा बढीमा ५० जनालाई मात्र सहभागी गराउने मापदण्ड स्वीकृत भएको हो ।

मापदण्ड अनुसार कार्यालयले खुला ठाउँ भएको विद्यालय वा अन्य भवन खोजी लिखित परीक्षा सञ्चालन गर्नुपर्ने छ । त्यस्तै प्रयोगात्मक परीक्षाको लागि यातायात कार्यालयहरुले २४ घण्टा अगाडि परीक्षाको विवरण तोक्नुपर्ने मापदण्डमा उल्लेख छ । परीक्षा दिन आउनेका लागि मास्क र स्यानिटाइजर पनि अनिवार्य गरिएको छ ।

यसै सन्दर्भमा विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा पनि गर्ने भएको छ । परीक्षासँगै नयाँ आवेदकका लागि अनलाइन फारम पनि खुलाइने विभागले जनाएको छ । कोभिड–१९ का कारण गत बैशाख १६ देखि बन्द गरिएको लाइसेन्स परीक्षा त्यसयता भएको छैन ।

परीक्षाको मापदण्ड स्वीकृत भएसँगै यातायात कार्यालयहरुले अब परीक्षाको सूचना निकाल्ने र यसका लागि स्वीकृति दिइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

हालको व्यवस्था अनुसार विभिन्न प्रदेशका यातायात कार्यालयहरुले परीक्षाको सूचना निकाल्ने व्यवस्था छ ।

सम्बन्धित समाचारहरू

१२ लाख स्मार्ट लाइसेन्सको कार्ड खरिद ठेक्कामा एक महिनापछि किन गरियो संशोधन ?

१२ लाख स्मार्ट लाइसेन्सको कार्ड खरिद ठेक्कामा एक महिनापछि किन गरियो संशोधन ?

काठमाडौं – यातायात व्यवस्था विभागद्वारा १२ लाख स्मार्ट लाइसेन्सको कार्ड...

सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै तिर्न मिल्ने, गण्डकी प्रदेशबाट भयो सुरुवात

सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै तिर्न मिल्ने, गण्डकी प्रदेशबाट भयो सुरुवात

काठमाडौं – अबदेखि सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै भुक्तानी...

अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने, ब्लुबुक बोक्नु नपर्ने 

अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने, ब्लुबुक बोक्नु नपर्ने 

काठमाडौं – यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...