नयाँ टाटा सफारी अब नेपालमा, मूल्य ८१ लाख ९९ हजार

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारी आज औपचारिक रुपमा सार्वजनिक गरेको छ । यसको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

७ सिट क्षमताको नयाँ टाटा सफारी आरामदायी, उत्कृष्ट कार्य क्षमता र शानको बेजोड सम्मिश्रण भएको कम्पनीको भनाइ छ । आधुनिक युगका आकर्षक र शक्तिशाली एसयूभी रुचाउने ग्राहकलाई यसले आकर्षित गर्ने बताइएको छ ।

साहसिक व्यक्तित्व अर्थात एड्भेन्चर पर्सोना झलक दिने नयाँ सफारीको डिजाइन आकर्षक, बलियो र स्पोर्टी रहेको छ । ट्रपिकल मिस्ट कलर स्किममा उपलब्ध नयाँ टाटा सफारी भारतका विभिन्न भागमा प्रशस्तै पाइने बनस्पतिहरुको सौन्दर्यबाट प्रभावित वा प्रेरित छ । नेपालमा पनि यस्ता बनस्पति प्रशस्तै पाइने भएकाले नेपालका लागि पनि अत्यन्त सुहाउँदो भएको कम्पनीको भनाइ छ ।

ओमेगा आर्किटेक्चरमा तयार पारिएको नयाँ टाटा सफारीमा प्रख्यात जेएलआर पेडिग्री जस्तो उच्च कोटीको प्रविधिको प्रयोग गरिएको छ ।

नयाँ टाटा सफारी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले नेपाली ग्राहकको बदलिदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने नयाँ सफारीले नेपालमा एसयूभी प्रयोगको ट्रेन्डलाई अझै बढाउने विश्वास व्यक्त गरे । यो वर्षको चाडपर्व मौसमको पूर्वसन्ध्यामा नयाँ सफारी जस्तो आइकनिक ब्रान्ड ग्राहक सामू प्रस्तुत गर्न पाउदा आफूहरु निकै नै उत्साहित भएको उनले बताए ।

भारतमा ६ महिना भन्दा कम समयमै १० हजार भन्दा धेरै नयाँ टाटा सफारी उत्पादन भइसकेको छ । टाटा सफारीमा २.० लिटर क्षमताको क्रियोटेक टर्बो डिजल इन्जिन दिइएको छ । यो इन्जिनले १७० एचपी र ३५० एनएम पीक टर्क जेनरेट गर्न सक्षम छ । यो इन्जिन ६ स्पिड म्यानुअल ट्रान्सिमिसन र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्समा उपलब्ध छ ।

यो नयाँ एसयूभीमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र आईआरए कनेक्सनको साथमा ८.८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध रहेको छ । यस बाहेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ९ स्पिकर जेबीएल अडियो सिस्टम, पानारोमिक सनरूफ, टेरेन रेस्पोन्स मोड र सेफ्टीको लागि ६ वटा एयरब्याग पनि उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

टाटाकाे भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग ‘टियागो ईभी र पन्च ईभी’ साट्न सकिने

टाटाकाे भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग ‘टियागो ईभी र पन्च ईभी’ साट्न सकिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी...

परिक्षणका क्रममा देखियो पंच फेसलिफ्ट, उत्पादनका लागि तयार हुँदै

परिक्षणका क्रममा देखियो पंच फेसलिफ्ट, उत्पादनका लागि तयार हुँदै

टाटाले छिट्टै लन्च गर्ने तयारी गरिरहेको पन्च फेसलिफ्टको उत्पादन संस्करण...

टाटा ईभीको नजिक पुग्यो एमजीको बिक्री, बजार हिस्सामा समेत फेरबदल

टाटा ईभीको नजिक पुग्यो एमजीको बिक्री, बजार हिस्सामा समेत फेरबदल

काठमाडौं– एमजीले भारतमा ईभीको बिक्री ह्वात्तै बढाएको छ । हालै लन्च गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...