यस्तो छ नेपालमा पहिलो पटक भित्रिएको ब्रान्ड सिट्रोनको एसयूभी सी५ एयरक्रस

काठमाडौं – नेपाली बजारमा सिट्रोनको पहिलो एसयूभी सी५ एयरक्रस (Citroen C5 Aircross) भित्रिएको छ । यसको बुकिङ पहिले देखि नै खुलेको र केही संख्यामा गाडी बिक्री समेत भइसकेको छ । पहिले देखि नै प्युजो ब्रान्डको आधिकारिक वितरक रहेको सांग्रिला मोटर्सले नै सिट्रोनका गाडी समेत नेपाली बजारमा बिक्री–वितरण गरिरहेको छ ।

सिट्रोनको सी५ एयरक्रस एसयूभी नेपाली बजारमा भित्रिएको हो । यसमा १५९८ सीसीको पेट्रोल इन्जिन रहेको छ, जसले १६५ पीएस पावर र २४० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ ।

२३० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको सी५ एयरक्रसको बुट स्पेस ७२० लिटरको रहेको छ । गाडीमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । सुरक्षाका लागि गाडीमा ६ एयरब्याग, ईबीडी सहितको एबीएस, ईएससी, अटो होल्ड, हिल डिसेन्ट असिस्ट सहितको ग्रिप कन्ट्रोल, एक्टिभ ब्लाइन्ड स्पट मोनिटरिङ, एक्टिभ लेन किपिङ असिस्टेन्स, एड्भान्स्ड ड्राइभर एटेन्सन अलर्ट, फ्रन्ट एन्ड रियर पार्किङ सेन्सर र आउटसाइड मिररमा एलईडी टर्न इन्डिकेटर जस्ता फिचर उपलब्ध छन् ।

त्यसैगरी इलुमिनेटेड स्टार्ट बटन सहितको स्मार्ट कि, १८० डिग्रीको रियरभ्यु क्यामेरा, स्टेयरिङ माउन्टेड कन्ट्रोल सहितको ब्लुटुथ कनेक्टिभिटी, टायर प्रेसर इन्डिकेटर, प्याडल सिफ्टर, इलेक्ट्रिकल्ली एड्जस्टेबल ओआरभीएम, टिल्ट र टेलिस्कोपिक फङसन सहितको इलेक्ट्रिक पावर स्टेयरिङ, अटोमेटिक हेडलाइट, रेन सेन्सिङ विन्डस्क्रिन वाइपर, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिकल्ली एड्जस्टेबल ड्राइभर्स सिट, हिल स्टार्ट असिस्ट, कफि ब्रेक अलर्ट, डाउन हिल असिस्ट र स्पोर्ट मोड जस्ता फिचर रहेका छन् ।

यसमा भएको अडियोमा एन्ड्रोइड अटो र एप्पल कारप्ले प्रयोग गर्न सकिन्छ । त्यसैगरी वायरलेस चार्जिङ र भ्वाइस रिकग्निसनको सुविधा पनि छ ।

नेपाली बजारमा पहिलो पटक भित्रिएको सिट्रोन ब्रान्डको यो एसयूभी सीधै फ्रान्सबाट आयात गरिएको हो । यसको मूल्य १ करोड ३५ लाख रुपैयाँ तोकिएको छ । नेपाल भित्रिएको पहिलो लटका गाडी बिक्री भइसकेको र अबको करिव दुई सातामा अर्को लटको गाडी भित्रिने कम्पनी स्रोतले बताएको छ ।

सम्बन्धित समाचारहरू

२०२१ फक्सवागन टाइगुनको उत्पादन भारतमा सुरु, नेपालमा पनि आउने

२०२१ फक्सवागन टाइगुनको उत्पादन भारतमा सुरु, नेपालमा पनि आउने

भारतीय बजारमा २०२१ फक्सवागन टाइगुन लन्च गर्ने तयारी अवस्थामा रहेको छ ।...

अपडेट भएर आउँदै फक्सवागन टाइगुन, डिजाइन र प्रविधिमा ठूलो सुधार

अपडेट भएर आउँदै फक्सवागन टाइगुन, डिजाइन र प्रविधिमा ठूलो सुधार

फक्सवागन इन्डियले अपडेट गरिएको टाइगुन एसयूभीको पहिलो झलक पेश गरेको छ ।...

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम : फरक गाडीमा फरक अफर

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम : फरक गाडीमा फरक अफर

काठमाडौं – नेपालका लागि फक्सवागनको अधिकृत वितरक पूजा इन्टरनेसनल नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...