टाटाले सार्वजनिक ग-यो पन्च एसयूभी, म्याग्नाइट र काइगरसँग प्रतिस्पर्धा हुने

टाटा मोटर्सले भारतमा पहिले देखि नै प्रतीक्षामा रहेको नयाँ माइक्रो एसयूभी सार्वजनिक गरेको छ । एचबीएक्स वा हर्नबिल नाम हुने पहिले देखि नै अनुमान गरिएको उक्त एसयूभीको नाम भने ‘टाटा पन्च’ राखिएको छ ।

आगामी फेस्टिभ सिजनमा लन्च गरिने सो माइक्रो एसयूभी टाटाको सबैभन्दा सानो एसयूभी हुनेछ । कम्पनीको लाइनअपमा यसलाई नेक्सन कम्प्याक्ट एसयूभी भन्दा तल राखिएको छ ।

टाटा पन्च पहिलो एसयूभी हो, जसलाई अल्फा–एआरसी अर्थात एजाइल लाइट फ्लेक्जिबल एड्भान्स्ड आर्किटेक्चरमा बनाइएको छ । यसलाई इम्प्याक्ट २.० डिजाइन ल्यांग्वेज अन्तर्गत विकसित गरिएको छ । युवाहरुलाई आकर्षित गर्नका लागि डिजाइन गरिएको यो एसयूभी सहरी क्षेत्रका लागि हाइवेमा समेत निकै नै स्पोर्टी देखिने छ ।

सन् २०२० को अटो एक्सपोमा यसलाई एचबीएक्स कन्सेप्ट माइक्रो एसयूभीको रुपमा प्रदर्शन गरिएको थियो । हाल प्रोडक्सन मोडलमा टाटा पन्चको नाममा आएको यो एसयूभी कन्सेप्ट मोडल भन्दा धेरै फरक देखिएको छैन ।

हालै सार्वजनिक गरिएको तस्बिर अनुसार कन्सेप्टको फ्रन्ट बम्पर र बडी क्लेडिङलाई टोन्ड डाउन गरिएको छ । यद्यपि स्क्वायर ह्विल आर्च र अपराइट स्टान्सले यसलाई एक एसयूभी लुक दिएको छ ।

पन्च एसयूभीमा १६ इन्चको स्टाइलिस ह्विल दिइएको छ । सानो भएर पनि यो एसयूभी टाटाको एच फाइभ र सफारी जस्तै फेमिली डिजाइन ल्यांग्वेज जस्तो देखिन्छ । यी एसयूभीमा जस्तै पन्चमा पनि स्प्लिट हेडल्याम्प र टाटाको ह्युमानिटी लाइन ग्रिल उपलब्ध छ ।

पन्चको इन्टेरियरको वारेमा जानकारी सार्वजनिक गरिएको छैन । यद्यपि यसमा कन्सेप्ट मोडल जस्तै धेरै फिचर हुनेछन् । यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, थ्री स्पोक फ्ल्याट बटम स्टेयरिङ ह्विल, एचभीएसी कन्ट्रोल, डिजिटल टेकोमिटर र एनालग स्पिडोमिटरका साथ पार्ट डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता धेरै फिचर हुनेछन् ।

सो एसयूभी १.२ लिटरका दुई इन्जिन अप्सनमा उपलब्ध हुने अनुमान गरिएको छ । टाटा टियागो र टिगोरमा उपलब्ध इन्जिन जस्तै एउटामा नेचुरल्ली एस्पिरेटेड इन्जिन हुनेछ भने अर्को टर्बोचार्ज्ड इन्जिन हुनेछ ।

यसको मूल्य भारतीय बजारमा ५ लाख भारु भन्दा कम हुन सक्ने बताइएको छ । टाटा पन्चको प्रतिस्पर्धा हुन्डाईको बजारमा आउँदै गरेको माइक्रो एसयूभी क्यास्पर र मारुती सुजुकी इग्निसका साथै इन्ट्री लेवलका एसयूभी निसान म्याग्नाइट र रेनो काइगरसँग हुनेछ ।

भारतमा फेस्टिभ सिजनमा लन्च भए पश्चात नेपाली बजारमा समेत उक्त माइक्रो एसयूभी भित्रिने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

७ वर्षमा टाटाले बिक्री गर्यो ४ लाख युनिट टियागो, यस्तो छ नेपाली बजारमा समेत लोकप्रिय यो कार

७ वर्षमा टाटाले बिक्री गर्यो ४ लाख युनिट टियागो, यस्तो छ नेपाली बजारमा समेत लोकप्रिय यो कार

टाटा मोटर्सले ४ लाख युनिट टियागो कार बिक्री गर्न सफल भएको छ । ७ वर्षअघि...

टाटा एस वा टाटा इन्ट्रा गाडी २ लाख डाउनपेमेन्टमै पाइने, युवालाई विदेश पलायनबाट रोक्ने

टाटा एस वा टाटा इन्ट्रा गाडी २ लाख डाउनपेमेन्टमै पाइने, युवालाई विदेश पलायनबाट रोक्ने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी...

टाटाले पनि बढायो नेक्सन एसयुभीको मूल्य, १५ हजार भारुसम्म बृद्धि

टाटाले पनि बढायो नेक्सन एसयुभीको मूल्य, १५ हजार भारुसम्म बृद्धि

टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय एसयुभी नेक्सनमा मूल्य बृद्धि गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...