मोटर स्पोर्ट्स प्रेमीका लागि हुन्डाईको पहिलो एन–लाइन कार सेप्टेम्बरमा लन्च हुँदै

हुन्डाईले २०२१ मा एन–लाइनको पहिलो प्रोडक्ट लन्च गर्ने भएको छ । कम्पनीले सो कारको टिजर पनि सार्वजनिक गरिसकेको छ । रिपोर्टका अनुसार सो लाइनअपको पहिलो कार आई२० एन–लाइन हुनेछ । कम्पनीले सो कार सेप्टेम्बरमा लन्च गर्ने भएको छ ।

हुन्डाई एन–लाइन मोडलको डिजाइन मोटरस्पोर्टबाट प्रेरित रहेको छ । यसको क्याबिन निकै स्टाइलिस रहेको छ । हाल उपलब्ध आई२०को तुलनामा नयाँ आई२० एन–लाइनको लुक निकै आक्रामक रहेको र यसमा साइड स्कर्ट्स पनि समावेश गरिएको छ । रियरमा इन्टिग्रेटेड डिफ्युजर र ट्वीन एक्जस्ट पाइप पनि समावेश गरिएको छ ।

एन–लाइन कारमा निकै शक्तिशाली इन्जिन समावेश गरिने छ । यसमा तीन सिलिन्डर, १.० लिटर टर्बाेचाज्र्ड पेट्रोल इन्जिनको साथमा लन्च गर्नेछ । सो इन्जिनले १२० पीएसको पावर र १७२ एनएमको टर्क जेनेरेट गर्छ । नयाँ एन–लाइनमा ६ स्पिड म्यानुअल गियरबक्स वा ७ स्पिड ड्युल क्लच अटोमेटिक गियरबक्सको साथमा लन्च गर्ने सम्भावना रहेको छ ।

कम्पनीले सो कारको मूल्यको बारेमा आधिकारिक घोषणा गरेको छैन । यद्यपि एन–लाइनको मूल्य आई२० को नियमित भेरिएन्टको तुलनामा बढी हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ क्रेटाको बिक्री शुरु, यस्तो छ मूल्य र विशेषता

नयाँ क्रेटाको बिक्री शुरु, यस्तो छ मूल्य र विशेषता

काठमाडौं –हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

हुन्डाईले सीईएस २०२४ मा सार्वजनिक ग-यो इलेक्ट्रिक एयर ट्याक्सी

हुन्डाईले सीईएस २०२४ मा सार्वजनिक ग-यो इलेक्ट्रिक एयर ट्याक्सी

हुन्डाईले आफ्नो नयाँ एयर ट्याक्सी मोडलको प्रोटोटाइप एस–ए२ संसारको...

ब्याट्री र इलेक्ट्रिफिकेसन अनुसन्धानका लागि आईआईटीजसँग हुन्डाईको सहकार्य घोषणा

ब्याट्री र इलेक्ट्रिफिकेसन अनुसन्धानका लागि आईआईटीजसँग हुन्डाईको सहकार्य घोषणा

हुन्डाई मोटर ग्रुपले तीन वटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटीज)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...