जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा
विश्व अटो उद्योग अहिले एक ऐतिहासिक मोडमा पुगेको छ । दशकौँदेखि चीन र...
होन्डा टु ह्विलर इन्डियाले नयाँ होन्डा सीबी२००एक्स एड्भेन्चर बाइक लन्च गरेको छ । कम्पनीले यसलाई परफेक्ट अर्बन एक्सप्लोरर नाम दिएको छ । किनकि होन्डाले सो बाइकलाई डुअल परपजको लागि प्रस्तुत गरेको हो । यद्यपि सो बाइक हिरो एक्सप्लस २०० जस्तै अफ रोड बाइक वा डुअल परपज बाइक होइन ।
यी दुई बाइकका बीच प्रतिस्पर्धा हुने अनुमान छ । होन्डा मोटरसाइकलको नयाँ बाइक होन्डा सीबी२००एक्स र हिरो एक्सप्लस २०० बीचको भिन्नताको बारेमा चर्चा गरौं ।
मूल्य
होन्डा सीबी२००एक्स भारतीय बजारमा १ लाख ४४ हजार भारुमा लन्च गरिएको छ । हिरो एक्सप्लस २०० पहिलादेखि नै १ लाख २० हजार भारुमा बिक्री भइरहेको छ । दुबै बाइकमा २४ हजार भारुको भिन्नता रहेको छ । नेपाली बजारमा होन्डाको नयाँ बाइक अहिले नै उपलब्ध छैन । हिरो एक्सपल्सको मूल्य भने ४ लाख २ हजार रुपैयाँ छ ।
आकार
होन्डा सीबी२००एक्सको लम्बाई २०३५ एमएम, चौडाई ८४३ एमएम, उचाई १२४८ एमएम र ह्विलबेस १३५५ एमएम रहेको छ । साथै यसको ग्राउन्ड क्लियरेन्स १६७ एमएम र सिटिङ हाइट ८१० एमएम राखिएको छ । बाइकको तौल १४७ किलोग्राम र फ्युल ट्यांक १२ लिटर रहेको छ ।
हिरो एक्सप्लस २०० को लम्बाई २२२२ एमएम, चौडाई ८५० एमएम, उचाई १२५८ एमएम र ह्विलबेस १४१० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम र सिटिङ हाइट ८२३ एमएम राखिएको छ । बाइकको तौल १५७ किलोग्राम र फ्युल ट्यांक १३ लिटर रहेको छ ।
इन्जिन
होन्डा सीबी२००एक्समा १८४.४ सीसीको सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । सो इन्जिन होन्डा हर्नेट २.० बाट लिइएको हो । सो इन्जिनले ८५०० आरपीएममा १७ बीएचपीको पावर र ६००० आरपीएममा १६.१ एनएमको टर्क जेनेरेट गर्छ । जसमा ५ स्पिड गियरबक्स समावेश गरिएको छ ।
हिरो एक्सप्लस २०० मा १९९.६ सीसीको सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन समावेश गरिएको छ । जसले ८५०० आरपीएममा १७.८ बीएचपीको पावर र ६५०० आरपीएममा १६.४५ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा ५ स्पिड गियरबक्स उपलब्ध रहेको छ ।
सस्पेन्शन
होन्डा सीबी२०० एक्समा डायमन्ड टाइप च्यासिस समावेश गरिएको छ । जबकि एक्सप्लस २०० मा ट्युबलर डायमन्ड फ्रेमको प्रयोग गरिएको छ । सीबी२००एक्समा अपसाइड डाउन फ्रन्ट फोर्क्स र रियरमा मोनोसक युनिट रहेको छ । एक्सप्लस२०० मा १९० एमएम ट्रेबलको साथमा टेलिस्कोपिक फ्रन्ट फोर्क्स र रियरमा १० स्टेप राइडर एड्जस्टेबल मोनोसक उपलब्ध छ ।
टायर
होन्डा सीबी२०० एक्स फ्रन्टमा १००÷७० र रियरमा १४०÷७० सेक्शनको टायरको साथमा १७ इन्चको अलोय ह्वील उपलब्ध रहेको छ । एक्सप्लसमा ९०÷९० सेक्शन टायरको साथमा २१ इन्चको फ्रन्ट ह्वील शोड र १२०÷८० सेक्शन टायरमा रियरमा १८ इन्चको स्पोक ह्वील उपलब्ध रहेको छ ।
ब्रेकिङ
होन्डा सीबी२०० एक्स र एक्सप्लस २०० मा डिस्क ब्रेकको प्रयोग गरिएको छ । बाइकको फ्रन्टमा २७६ एमएमको डिस्क ब्रेक र रियरमा २२० एमएमको डिस्क ब्रेक समावेश गरिएको छ । सो दुबै बाइकमा सिंगल च्यानल एबीएस सिस्टम स्ट्यान्डर्डको रुपमा उपलब्ध रहेको छ ।
विश्व अटो उद्योग अहिले एक ऐतिहासिक मोडमा पुगेको छ । दशकौँदेखि चीन र...
जापनिज टु ह्विलर निर्माता होण्डाले भारतीय बजारमा १०० सिसीको नयाँ...
होन्डाले भारतको इलेक्ट्रिक दुईपाङ्ग्रे बजारका लागि नयाँ इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...