उपत्यकामा होन्डाको २२ वटा शोरुम, ६ वटा प्राइम लोकेसनमा कम्पनीको आफ्नै

काठमाडौं उपत्यकामा होन्डा मोटरसाइकल तथा स्कुटरको शोरुम संख्या जम्मा २२ वटा छ । तीमध्ये ६ वटा शोरुम आयातकर्ता कम्पनी स्याकार ट्रेडिङ आफैले सञ्चालन गर्दै आइरहेको छ ।

विगत लामो समयदेखि यी शोरुम कम्पनी आफैले सञ्चालन गर्दै आइरहेको हो । कम्पनीको हाल कान्तिपथ, टेकु, पुतलीसडक, कुमारीपाटी, कुपन्डोल र बत्तिसपुतलीमा आफ्नै शोरुम छ । जसमध्ये टेकुमा होन्डा विंग वर्ल्ड नामको अर्को शोरुम समेत छ, जहाँबाट कम्पनीले होन्डाका बिग बाइकको कारोबार गर्दै आइरहेको छ । यी स्थान प्राइम लोकेसनमा पर्ने हुँदा पनि कम्पनी आफैले शोरुम राखेको हो ।

उपत्यकामा हुने होन्डा मोटरसाइकलको कुल कारोबारमध्ये आधाभन्दा बढी कारोबार यी शोरुमबाटै हुने बताइएको छ । आफ्नै फाइनान्स कम्पनी भाजुरत्न समेत सञ्चाल गर्दै आइरहेको स्याकार टे«डिङले यी शोरुमबाट मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकका लागि सस्तो ब्याजदरमा फाइनान्स सुबिधा समेत उपलब्ध गराउँदै आइरहेको छ ।

सस्तो ब्याजदरमा फाइनान्स सेवा उपलब्ध हुने हुँदा पनि फाइनान्स सुबिधामा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहक सकेसम्म स्याकार ट्रेडिङको आफ्नै शोरुमबाट खरिद गर्न चाहन्छन् । आफ्नै शोरुमबाट फाइनान्समा मोटरसाइकल र स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि आवश्यक कागजपत्रमा भने कम्पनीले अन्य डिलरको तुलनामा बढी नै कडाई गर्ने गरेको छ ।

सम्बन्धित समाचारहरू

स्किम सहित सस्तो मूल्यमा बाइक र कार किन्न पाइने आज अन्तिम दिन

स्किम सहित सस्तो मूल्यमा बाइक र कार किन्न पाइने आज अन्तिम दिन

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न बाइक तथा कारहरु सस्तो मूल्यमा...

होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ

होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएका होन्डाका दुई मोटरसाइकल हाइनेस...

होन्डाले लन्च ग-यो नयाँ इलेक्ट्रिक स्कुटर, यस्तो छ विशेषता

होन्डाले लन्च ग-यो नयाँ इलेक्ट्रिक स्कुटर, यस्तो छ विशेषता

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईएम१ई युरोपेली बजारमा लन्च गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...