२०२१ फक्सवागन टाइगुनको उत्पादन भारतमा सुरु, नेपालमा पनि आउने

भारतीय बजारमा २०२१ फक्सवागन टाइगुन लन्च गर्ने तयारी अवस्थामा रहेको छ । फक्सवागन इन्डियाले नयाँ कम्प्याक्ट एसयूभीको प्रोडक्शन सुरु गरेको छ । नयाँ टाइगुन पुणेमा स्कोडा अटो फक्सवागन इन्डियाको चाकन प्लान्टबाट रोल आउट गरिएको छ ।

सो कारको उत्पादन सुरु भइसकेपछि २०२१ फक्सवागन टाइगुन सेप्टेम्बरको तेस्रो हप्तामा भारतमा लन्च गर्नेछ । नेपालमा फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले पनि तुरुन्तै यो कार नेपालमा उपलब्ध गराउने बताएको छ । एमक्युबी–एओ–ईन प्लेटफर्ममा निर्माण गरिएको यो भारतमा जर्मन भेइकल निर्माताको पहिलो कार हुनेछ ।

२०२१ फक्सवागन टाइगुन २ टर्बाेचार्ज्ड पेट्रोल इन्जिन १ लिटर टीएसआई र १.५ लिटर टीएसआई साथमा लन्च हुने सम्भावना छ । रिपोर्टका अनुसार १ लिटर टीएसआई इन्जिनले ११३ बीएचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ । साथै १.५ लिटर टीएसआई इन्जिनले १४८ बीएचपीको अधिकतम पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ ।

सो कारको १ लिटर टीएसआई इन्जिनमा ६ स्पिड म्यानुअल ट्रान्समिसन समावेश गरिएको छ । यसको साथै यसमा ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प पनि रहेको छ । सो कारको १.५ लिटर टीएसआई इन्जिनमा ६ स्पिड म्यानुअलको साथमा ७ स्पिड डीएसजीको विकल्प रहेको छ ।

सम्बन्धित समाचारहरू

युरोपबाट आयात हुने कारमा भारी मात्राले कर कटौती गर्दै भारत, यी ब्रान्डलाई हुनेछ फाइदा

युरोपबाट आयात हुने कारमा भारी मात्राले कर कटौती गर्दै भारत, यी ब्रान्डलाई हुनेछ फाइदा

भारतले युरोपियन युनियनबाट आयात हुने कारमा भारी मात्राले कर घटाउने भएको छ ।...

सार्वजनिक भयो फक्सवागन भर्टस, भेन्टोको स्थान लिने

सार्वजनिक भयो फक्सवागन भर्टस, भेन्टोको स्थान लिने

फक्सवागन भर्टस सार्वजनिक भएकोे छ । सो नयाँ मोडल भारतीय बजारमा छिट्टै लन्च...

टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने फक्सवागनको घोषणा

टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने फक्सवागनको घोषणा

फक्सवागन इन्डियाले सेफ्टीका लागि टाइगुन र भर्टसका सबै भेरिएन्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...