होन्डाले सार्वजनिक ग-यो लाइट एड्भेन्चर मोडल सीबी२००एक्स, हर्नेट १८० भन्दा केही महंगो

होन्डाले इन्ट्री लेवल क्रसओभर बाइक होन्डा सीबी२००एक्स भारतमा लन्च गरेको छ । यसको मूल्य १ लाख ४४ हजार ५ सय भारु तोकिएको छ । हाल बजारमा प्रचलित हर्नेट १८० भन्दा १४ हजार भारु महंगो छ ।

सीबी२००एक्स एक प्रकारको कम्युटर बाइक हो, जसमा लामो स्टान्स, अपराइट राइडिङ पोजिसन, एड्भेन्चर डिजाइन र ड्युअल स्पोर्ट ब्ल्याक प्याटर्न सहितको टायर दिइएको छ । यसमा स्पोर्टी अन्डरकाउल, अपस्वेप्ट एक्जस्ट, इन्टिग्रेटेड साइड ब्लिंकरसहितको नकल कभर समेत छ ।

बाइकमा गोल्डेन कलरको अपसाइड डाउन फ्रन्ट फोर्क्स, फुल डिजिटल एलसीडी डिस्प्ले, एलईडी लाइटिङ सेटअप, इन्जिन स्टप स्विच र हाजार्ड स्विच आदि समेत उपलब्ध छ ।

होन्डाको यो बाइकलाई लाइट एड्भेन्चर मोडल भनिएको छ । पहिले अनुमान गरिए जस्तो यो हर्नेटको अर्को संस्करणको रुपमा आएन । त्यसैगरी होन्डाले केही महिना पहिले पेटेन्ट गरेको एनएक्स२०० ब्याजमा पनि आएन । यो विल्कुलै नयाँ नाममा आएको छ ।

यसमा पावरका लागि १८४ सीसीको सिंगल सिलिन्डर इन्जिन छ, जसले १७ बीएचपी पावर र १६.१ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ५ स्पिड गियरबक्स छ । होन्डा हर्नेट १८० मा भएकै इन्जिन यसमा प्रयोग गरिएको छ ।

सम्बन्धित समाचारहरू

८ लाख भारुमा लन्च भयो नयाँ अमेज, यस्तो छ विशेषता

८ लाख भारुमा लन्च भयो नयाँ अमेज, यस्तो छ विशेषता

होन्डाले आफ्नो कम्प्याक्ट सेडान अमेजको नयाँ संस्करण ‘अल न्यू अमेज’ लन्च...

होन्डाले सार्वजनिक गर्यो डब्लूआर–भीको सेकेन्ड जेनेरेशन

होन्डाले सार्वजनिक गर्यो डब्लूआर–भीको सेकेन्ड जेनेरेशन

होन्डाले डव्लुआर–भीको सेकेन्ड जेनेरेशनलाई इन्डोनेशियामा सार्वजनिक...

नयाँ अवतारमा लन्च हुँदै होन्डाको सेडान कार अमेज

नयाँ अवतारमा लन्च हुँदै होन्डाको सेडान कार अमेज

होन्डाले यो वर्ष होन्डा अमेजलाई नयाँ अवतारमा लन्च गर्ने तयारी गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...