कियाले डिसेम्बर १६ मा गर्दैछ सेल्टोसमा आधारित किया केवाईको ग्लोबल प्रिमियर
कियाले अब बजारमा ल्याउने तयारी गरेको थ्री रो भेइकलको इन्टरनल कोडनेम...
दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले भारतमा सोशल मिडियामार्फत नयाँ कारको टिजर सार्वजनिक गरेको छ । भिडियोमा कारलाई प्रोजेक्ट एक्स नाम दिइएको छ । कम्पनीले किया सेल्टोस एक्स लाइनलाई पेश गर्ने अनुमान गरिएको छ । जसलाई २०२० अटो एक्सपोमा प्रदर्शन गरिएको थियो ।
कारको टिजर भिडियोमा प्रोजेक्ट एक्स चाँडै लन्च हुने जानकारी दिइएको छ । कियाले भारतमा सेल्टोस एसयूभीको लन्चिङको १ वर्ष पुरा गरेको उपलक्ष्यमा सेल्टोस एनिभर्सरी एडिशन सार्वजनिक गरेको थियो । नयाँ एक्स लाइन पनि सेल्टोसको २ वर्षको वार्षिक उत्सवको अवसरमा पेश गर्ने सम्भावना रहेको छ । सेल्टोस एक्स लाइनमा ग्रिलको साथमा एलईडी हेडल्याम्प र स्लिक एलईडी डे–टाइम रनिङ लाइट समावेश हुनेछ ।
सो कारमा सेल्टोसको स्ट्यान्डर्ड भेरिएन्टको तुलनामा आकर्षक कलर थिम र कस्मेटिक अपडेट गरिएको थियो । सेल्टोस एक्स लाइन कालो रङको पेन्ट गरेको फरक स्टाइलको फ्रन्ट ग्रिलको साथमा पेश गरेको थियो । यसको एलईडी हेडल्याम्प र एलईडी डे–टाइम रनिङ लाइट पनि फरक देखिएको छ । साथै ब्ल्याक एयर डेम र ब्ल्याक अलोय ह्वीलमा कन्ट्रास्टिङ कलर एक्सेन्ट पनि देखिएको छ ।
सेल्टोस एक्स लाइनको स्ट्यान्डर्ड एडिसनको तुलनामा स्पोर्टियर देखाउनका लागि यसको एसेसरिजको साथमा उपलब्ध हुने विश्वास गरिएको छ । क्याबिन भित्रको सिट, अपहोल्स्ट्री र ड्यासबोर्डमा कन्ट्रास्ट स्टिचिङको साथमा स्पोर्टी लुक दिन खोजिएको छ ।
कारको एक्सटेरियर र क्याबिनमा कस्मेटिक अपडेट देख्न सकिन्छ । कारको मेकानिकल स्पेसिफिकेसन सेल्टोस एक्स लाइन स्ट्यान्डर्ड मोडल जस्तो देखिनेछ । सेल्टोस १.५ लिटर पेट्रोल इन्जिन, १.४ लिटर जीडीआई टर्बाे पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ । जसले क्रमशः ११४ एचपी, १३८ एचपी र ११४ एचपीको पावर जेनेरेट गर्छ । सो कारमा ट्रान्समिशन विकल्पको रुपमा ६ स्पिड म्यानुअल गियरबक्स, ६ स्पिड टर्क कन्भर्टर, सीभीटी र ७ स्पिड डिसीटी अटोमेटिक गियरबक्स समावेश हुनेछ । हाल सेल्टोस भेरिएन्ट लाइन अप टेक लाइन र जीटी लाइनमा उपलब्ध रहेको छ ।
कियाले अब बजारमा ल्याउने तयारी गरेको थ्री रो भेइकलको इन्टरनल कोडनेम...
२०२२ किया सेल्टोस फेसलिफ्ट दक्षिण कोरियामा लन्च भएको छ । मिडिया रिपोर्टका...
कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...