सवारीसाधन किन्ने सोचाइमा हुनुहुन्छ ? केही समय पर्खनुहोस, नजिकिदै छ फेस्टिभल सिजन

के तपाई तत्काल सवारीसाधन खरिद गर्ने सोचाइमा हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनुहोस । सवारीसाधन खरिद गर्ने उपभोक्तालाई लक्षित गर्दै बिक्रेता कम्पनीहरुले नयाँ स्किम सार्वजनिक गर्ने समय नजिकिँदै गएका कारण तत्काल सवारीसाधन खरिद गर्न चाहने यस्ता उपभोक्ताहरुले केही दिन कुर्नु बुद्धिमानी हुने देखिन्छ ।

भदौ महिनाको शुरुवातसँगै नेपालीहरुमा चाडपर्बको माहोल बन्न थालेको छ । नेपालमा भदौ, असोज र कात्तिक महिनालाई फेस्टिभल सिजनका रुपमा लिइन्छ । यी महिनाहरुमा हिन्दु नारीहरुको महान चाड तीज र नेपालीहरुकै महान पर्व दशै, तिहार र छठ जस्ता ठूला पर्वहरु पर्ने हुँदा पनि यो तीन महिनालाई भेस्टिभल सिजन भनिएको हो ।

यो सिजन व्यापार व्यवसायका हिसावले समेत महत्वपूर्ण मानिन्छ । चाडपर्वमा मिठो खानु र राम्रो लगाउनु पर्छ भन्ने आम नेपालीहरुको बुझाई छ । साथै चाडपर्वको उल्लासमा खुसी थप्न उपभोक्ताले यही सिजनमा नयाँ सवारीसाधन समेत खरिद गर्ने गर्छन् । जसका कारण पनि यो सिजन उपभोक्ता र व्यवसायी दुबैका लागि महत्वपूर्ण बनेको हो ।

कोरोनाका कारण जनजीवन प्रभावित नबनेको भए अघिल्ला वर्षहरुमा झै यसपाली पनि भदौको मध्यतिर नाडा अटो शो आयोजना गरिएको हुन्थ्यो । नाडा अटो शोको सुरुवातसँगै सवारी बजारमा फेस्टिभल सिजन सुरुवात हुने विगतको अनुभवले बताउँछ । नाडा अटो शोको अवसर पारेर सवारीसाधन बिक्रेताहरुले फेस्टिभल अफर सार्वजनिक गर्दै आइरहेका थिए । तर महामारीकै कारण अघिल्लो वर्ष नाडा अटो शो आयोजना हुन सकेन भने यसपाली समेत नहुने पक्कापक्की जस्तै भएको छ ।

नाडा अटो शो आयोजाना नहुने भएपछि यसपाली बिक्रेता कम्पनीहरुले छिट्टै नै यस्ता अफर सार्वजनिक गर्ने तयारी थालेका छन् । फोटोन मोटर्सको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सले भने अफर सार्वजनिक गरिसकेको छ । भदौ २३ देखि तीजको सुरुवात हुने हुँदा त्यसको केही समय पहिले यस्ता अफर सार्वजनिक हुँदै जाने अनुमान लगाउन सकिन्छ ।

किन कुर्ने यो सिजन ?
तीज आउन अब केही दिनमात्र बाँकी छ । यस हिसावले पनि भदौ १५ को आसपासमा कम्पनीहरुले फेस्टिभल अफरको सुरुवात गर्ने देखिन्छ । यस्ता अफर उपभोक्ता लक्षित हुने हुँदा अन्य समयको तुलनामा कम्पनीहरुले बढी नै छुट तथा सेवा सुविधा दिने गर्छन् ।

अहिले कतिपय कम्पनीहरुले नियमित रुपमा चलाउँदै आएका स्किम तथा अफर समेत बन्द गरी फेस्टिभल अफरको तयारी थालेका छन् । यो सिजनमा बढीभन्दा बढी सवारीसाधन बिक्री गर्ने महत्वाकांक्षाका कारण बिक्रेताहरुले आकर्षक अफर सार्वजनिक गर्ने होडबाजी नै चलाउने गरेका छन् ।

अन्य समयमा भन्दा बढी नगद छुट र फाइनान्समा सुबिधा थप हुने हुँदा यो सिजनमा सवारीसाधन किन्नु उपभोक्ताका लागि फाइदा हुने देखिन्छ । यसका अतिरिक्त कम्पनीहरुले निःशुल्क इन्स्योरेन्स, फ्रि सर्भिस कुपन, नगद तथा जिन्सी उपहार जस्ता स्किम आउने लगभग पक्कापक्की जस्तै हुने कारण पनि तत्काल सवारीसाधन खरिद गर्ने सोचाइमा रहेका उपभोक्ताले केही समय कुर्नु उपयुक्त हुने देखिन्छ ।

विगतमा केही कम्पनीहरुले आफ्ना ग्राहकलाई विदेश भ्रमणको प्याकेज समेत उपलब्ध गराउँदै आएकोमा कोरोनापछिको परिस्थितिका कारण अघिल्लो वर्षदेखि यस्तो स्किम भने बन्द नै गरिएको छ । यो सिजनमा सवारीसाधन खरिद गर्ने केही भाग्यशाली विजेताले ठूलो रकम समेत हात पार्दै आइरहेका छन् ।

कतिपय कम्पनीहरुले भाग्यशाली विजेतालाई एउटा सवारीसाधन खरिद गर्दा अर्को साधन उपहार समेत उपलब्ध गराउँदै आएका छन् । यस्ता स्किममा घरयासी सामाग्रीहरु जस्तो फ्रिज, टिभी, स्मार्ट फोन र ल्यापटप जस्ता उपहार समेत प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित समाचारहरू

निसान र रेनो मिलेर भारतमा बनाए २५ लाख कार

निसान र रेनो मिलेर भारतमा बनाए २५ लाख कार

निसान र रेनोको सहकार्यमा भारतमा १३ वर्षभित्र २५ लाख कार उत्पादन भएका छन् ।...

निसानको नयाँ इलेक्ट्रिक एसयूभी एनएक्स८ लन्च, ३० मिनेटमै ८ हजारभन्दा बढी अर्डर

निसानको नयाँ इलेक्ट्रिक एसयूभी एनएक्स८ लन्च, ३० मिनेटमै ८ हजारभन्दा बढी अर्डर

निसानले चीनमा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी निसान एनएक्स८ लन्च गरेको छ ।...

क्र्यास टेष्टमा किया क्यारेन्सले पायो ३ स्टार रेटिङ

क्र्यास टेष्टमा किया क्यारेन्सले पायो ३ स्टार रेटिङ

ग्लोवल एनक्यापले भारतमा गरेको सेफ्टि टेष्टमा किया क्यारेन्सले ३ स्टार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...