हुन्डाईका करोड बढी मूल्यका एसयूभी, सबैभन्दा महंगो प्यालिसेडको मूल्य २ करोड २५ लाख ९६ हजार

हुन्डाई नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्येको एक ब्रान्ड हो । हुन्डाईका ह्याचब्याक, क्रसओभर र कम्प्याक्ट एसयूभी सर्बाधिक बिक्री हुने रेन्जमा पर्छन् । जसमध्ये हुन्डाई क्रेटाले बिगत लामो समयदेखि एसयूभी बजारमा नेतृत्व गरिरहेको छ ।

क्रेटा बाहेक हुन्डाइसँग टुसान, सन्टाफे र प्यालिसेड जस्ता महंगा एसयूभीसमेत उपलब्ध छन् । जसको मूल्य नेपाली बजारमा करोड भन्दा बढी रुपैयाँ पर्छ । करोड माथि क्लबमा टुसानको बजार समेत निकै राम्रो रहेको पाइन्छ ।

२ हजार सीसी क्षमताको यो एसयूभी भिन्न ४ भेरिएन्टमा उपलब्ध छ । जसमध्ये तीनवटा भेरिएन्ट पेट्रोल र एउटा भेरिएन्ट डिजेल इन्जिनमा समेत उपलब्ध छ । यसको पेट्रोल इन्जिनमा उपलब्ध जीएलएस म्यानुअल ट्रान्समिसनको मूल्य नेपाली बजारमा ८९ लाख ९६ हजार रुपैयाँ पर्छ ।
त्यसैगरी सोही इन्जिनको जीएलएस अटोमेटिकको १ करोड ७ लाख ९६ हजार र जीएलक्स भेरिएन्टको १ करोड १४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यी तीनवटै एसयूभी टु ह्विल ड्राइभयुक्त हुन् । अर्को टुसान जीएलएक्स डिजेल इन्जिनको फोर ह्विल ड्राइभको मूल्य १ करोड ३४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

टुसानपछि अर्को महंगो एसयूभी सन्टाफे ३ भेरिएन्टमा उपलब्ध छ । जसमध्ये २१५१ सीसी क्षमताको जीएल डिजेल भेरिएन्टको मूल्य १ करोड ६५ लाख ९६ हजार र अर्को २५ सय सीसी क्षमताको जीएलएस पेट्रोल भेरिएन्टको मूल्य १ करोड ६८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ भने २१५१ सीसी क्षमताकै सन्टाफे जीएलएस डिजेल भेरिएन्टको मूल्य १ करोड ८८ लाख ९६ हजार रुपैयाँ पर्छ । सन्टाफेका सबै भेरिएन्ट अटोमेटिक ट्रान्समिसन र फोर ह्विल ड्राइभयुक्त प्रिमियम एसयूभी हुन् ।

हालसालै नेपाली बजारमा भित्रिएको सबैभन्दा महंगो मोडल प्यालिसेड २ भेरिएन्टमा उपलब्ध छ । यी दुबै एसयूभीमा २२०० सीसी क्षमताको डिजेल इन्जिन जडान गरिएको छ जुन अटोमेटिक ट्रान्समिसनसहित फोर ह्विल ड्राइभमा उपलब्ध छ । प्यालिसेड जीएल भेरिएन्टको मूल्य नेपाली बजारमा १ करोड ९४ लाख ९६ हजार र अर्को जीएलएस भेरिएन्टको मूल्य २ करोड २५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

हुन्डाईका यी सबै एसयूभीलाई नेपालस्थित आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सिधै कोरियाबाट आयात गरी कारोबार गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

कम्पनीको वेबसाइटबाट हट्यो हुन्डाई इलान्ट्रा, अपग्रेडको सम्भावना

कम्पनीको वेबसाइटबाट हट्यो हुन्डाई इलान्ट्रा, अपग्रेडको सम्भावना

हुन्डाई इलान्ट्रा कम्पनीको वेबसाइटबाट हटाइएको छ । कम्पनीले सो कार बन्द...

६ भेरिएन्टमा आयो क्रेटा ईभी, मूल्य कती ?

६ भेरिएन्टमा आयो क्रेटा ईभी, मूल्य कती ?

हुन्डाईले आफ्नो बहुप्रतिक्षित एसयूभी क्रेटा इलेक्ट्रिक लन्च गरेको छ । सो...

हुन्डाईले सुजुकी फ्रङ्क्ससँग प्रतिस्पर्धा गर्न नयाँ क्रसओभर ल्याउँदै

हुन्डाईले सुजुकी फ्रङ्क्ससँग प्रतिस्पर्धा गर्न नयाँ क्रसओभर ल्याउँदै

हुन्डाईले मारुती सुजुकीको फ्रङ्क्स एसयूभीसँग प्रतिस्पर्धा गर्ने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...