लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
महिन्द्राले तमिलनाडुको कांचिपुरममा नयाँ स्टेट अफ दि आर्ट महिन्द्रा एसयूभी प्रोभिङ ट्रयाक (एमएसपीटी) सञ्चालनमा ल्याएको छ । यहाँ महिन्द्राका एसयूभी परीक्षण गरिनेछ ।
४५४ एकड जमिनमा फैलिएको
कम्पनीले यसका लागि ५१० करोड भारु बजेट छुट्याएको थियो । साथै महिन्द्राको उक्त ट्रयाक ४५४ एकडमा फैलिएको छ । ट्रयाकको जमिन एलएन्डटीको हो । जसलाई अटोमोटिभ टेक्नोलोजी इन्डिया (५० वर्षको अनुभव भएको स्पेनिस संस्था) आईडीआईएडीएले डिजाइन गरेको हो । सो ट्रयाक निर्माण गर्नका लागि ३ वर्षको समय लागेको थियो ।
२० प्रकारको परीक्षण गर्न सक्ने
सो ट्रयाकमा २० प्रकारले परीक्षण गर्न सक्ने गरी निर्माण गरिएको छ । यसमा ४३७ डिग्री प्यारोबोलिक ब्यांकिङ उपलब्ध रहेको छ । उक्त ट्रयाकमा २०० किलोमिटर प्रतिघन्टाको स्पिडमा सवारी साधन ड्राइभ गर्न सकिन्छ ।
६ फरक फरक लेबलमा ब्रेकिङ प्याड उपलब्ध
गोलाकारको सो प्लेटफर्म २५० मिटरमा बनेको छ । जहाँ फोर बाई फोर एड्भेन्चर ट्रयाक र एडब्ल्यडी भेइकल परीक्षणका लागि २५ भन्दा बढी अप्ठ्यारो सडक जोडिएको छ । ६ फरक फरक लेबलमा ब्रेकिङ प्याड रहेको छ ।
गाडीको ब्रेकिङ परीक्षणको लागि हिलो र सुख्खा बाटो पनि रहेको छ । जहाँ एबीएस, ईएसपी र टीसीएसको ब्रेकिङ फिचर जाँच गरिनेछ । सो ट्रयाकमा गाडीको सबै प्रकारको फिचरको परीक्षण गर्न सक्षम रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...