होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएका होन्डाका दुई मोटरसाइकल हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट भएका छन् । कम्पनीले यी दुई मोटरसाइकलको मूल्य क्रमशः ७ लाख ५० हजार र ७ लाख ७५ हजार भए पनि हाल केही समयका लागि ७ लाख २५ हजार र ७ लाख ३९ हजार ९ सय रुपैयाँमा उपलब्ध गराएको बताएको छ ।

अब सेप्टेम्बरका लागि नयाँ बुकिङ लिइने र यसका लागि बुकिङ खुलेको बताइएको छ । होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले पहिले होन्डा हाइनेस सीबी ३५० र त्यसपछि सीबी ३५० आरएस मोटरसाइकल नेपाली बजारमा बिक्रीका लागि उपलब्ध गराएको हो ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित हाइनेस सीबी ३५० बाइकमा ३५० सीसीको इन्जिन छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ टाइप विंकरसहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता यस बाइकको धेरै मध्यका केही विशेषताहरु हुन् ।

एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता विशेषताहरु यस सीबी ३५० आरएसमा रहेको कम्पनीले जनाएको छ । 

सम्बन्धित समाचारहरू

सरल फाइनान्स अन्तर्गत यी तीन विकल्पमा लिन सकिन्छ होन्डा ग्राजिया, यस्तो छ फिचर्स

सरल फाइनान्स अन्तर्गत यी तीन विकल्पमा लिन सकिन्छ होन्डा ग्राजिया, यस्तो छ फिचर्स

होन्डा मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

मोटरसाइकल दुर्घटना रोक्न होन्डाद्वारा स्टेयरिङ असिस्ट प्रविधिको पेटेन्ट दर्ता

मोटरसाइकल दुर्घटना रोक्न होन्डाद्वारा स्टेयरिङ असिस्ट प्रविधिको पेटेन्ट दर्ता

होन्डाले मोटरसाइकल सुरक्षालाई नयाँ स्तरमा पुर्‍याउने उद्देश्यसहित...

होन्डा शाइन १२५ को विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

होन्डा शाइन १२५ को विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

होन्डाले शाइन १२५ को नयाँ विशेष संस्करण लन्च गरेको छ । डिस्क भेरिएन्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...