बनेपामा खुल्यो हाउजे बाइकको शोरुम, १५ हजार रुपैयाँ छुट

काठमाडौं – हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संंगममार्गमा खोलेको छ । कृष्ण इन्टरनेसनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारले शोरुमको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । बनेपामा हाउजेको डिलरसिप लिएको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले बिक्री, स्पेयर्स पार्ट्स र सर्भिस सेन्टरसमेतको सुविधा ग्राहकलाई उपलब्ध गराउन सुरु गरेको छ ।

शोरुम उद्घाटनका अवसरमा ३ जना हाउजेका ग्राहकलाई चावीसमेत हस्तान्तरण गरिएको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले जानकारी दिए । बनेपा तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले लिएका छन् । बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान सुरु गरिएको उनले बताए । शोरुम उद्घाटनको अवसरमा बाइकको बिक्रीमा १५ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ । डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको कम्पनीले जनाएको छ ।

यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्ट्ससमेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको छ ।

काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ । काठमाडौं उपत्यकाको टेकु, नयाँबजार र चाबहिलमा हाउजेको शोरुम छन् । उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छ ।

सम्बन्धित समाचारहरू

नेपालमा भित्रियो एसवाईएमको एड्भेन्चर डर्ट बाइक एनएचटी २००, यस्तो छ मूल्य र विशेषता

नेपालमा भित्रियो एसवाईएमको एड्भेन्चर डर्ट बाइक एनएचटी २००, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – नेपाली बजारमा एसवाईएमको एड्भेन्चर डर्ट बाइक एनएचटी २००...

नयाँ डर्ट बाइकको बिक्री शुरु हुँदै, ३०० सिसीमा पहिलो डर्ट बाइक हुने कम्पनीको भनाई

नयाँ डर्ट बाइकको बिक्री शुरु हुँदै, ३०० सिसीमा पहिलो डर्ट बाइक हुने कम्पनीको भनाई

नयाँ बर्षको सुरुवातसंगै नेपाली बजारमा अर्को नयाँ ब्रान्डको डर्ट वाइक...

हाउजेका देशभरका शोरुममा चल्दै एक्सचेन्ज अफर, १५ हजार छुट

हाउजेका देशभरका शोरुममा चल्दै एक्सचेन्ज अफर, १५ हजार छुट

काठमाडौं – हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...