चार्जिङ स्टेसन बनाउन, सवारी साधन खरिद गर्न र मर्मत सम्भार गर्न सहुलियत ऋण पाइने

काठमाडौं – सरकारले आज प्रस्तुत गरेको चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत अटोमोबाइल क्षेत्रका लागि समेत विभिन्न व्यवस्थाहरु गर्ने भएको छ ।

विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन बनाउन सहुलियतपूर्ण कर्जा पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन बनाउन सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको हो ।

सरकारले बजेट मार्फत विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । सोही नीति कार्यान्वयन गर्न राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको हो ।

सहुलियत पूर्ण कर्जा लिँदा सरकारले ५ प्रतिशतसम्म ब्याज अनुदान दिने व्यवस्था छ । यो सँगै संस्थाहरूलाई पुनर्कर्जाको सदुपयोग गरि देशका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि आवश्यक पर्ने चार्जिङ स्टेसन निर्माण गर्ने मद्दत पुग्ने उल्लेख गरिएको छ ।

त्यसैगरी सवारीसाधन खरिदगरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गरिने भएको छ ।

ऋणी स्वयं स्वरोजगार हुनेगरी सवारीसधान खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ । बैंकहरुले ५ प्रतिशत व्याजदरमा विपन्न वर्ग कर्जा प्रवाह गर्दै आइरहेका छन् ।

त्यसैगरी कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप दुई लाख रुपैयाँ सम्मको ऋण दिने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प : बाइक–स्कुटर साटेर ईभी चढ्ने मौका

टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प : बाइक–स्कुटर साटेर ईभी चढ्ने मौका

काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित...

२० प्रतिशत डाउनपेमेन्टमै हेनरी भोल्ट्स, आयो नयाँ वर्ष अफर

२० प्रतिशत डाउनपेमेन्टमै हेनरी भोल्ट्स, आयो नयाँ वर्ष अफर

काठमाडौं–हेनरी ईभीको नेपालका लागि आधिकारिक वितरक एसक्यूव...

७ वर्षको इन्जिन वारेन्टी सहित नेपाली बजारमा भित्रिए जोङसेनका मोटरसाइकल र स्कुटर

७ वर्षको इन्जिन वारेन्टी सहित नेपाली बजारमा भित्रिए जोङसेनका मोटरसाइकल र स्कुटर

काठमाडौं – नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...