टाटा टिगोर इलेक्ट्रिक कार लन्च हुने तयारी, नेक्सन ईभीको फिचर समावेश हुने

टाटा मोटर्सले चाँडै नै टाटा टिगोर ईभीको रिभाइज्ड इलेक्ट्रिक भेरिएन्ट टाटा टिगोर इलेक्ट्रिक लन्च गर्ने भएको छ । यसको वारेमा केही जानकारी सार्वजनिक भएको छ ।

रिपोर्ट अनुसार सो कारमा टाटा नेक्सन ईभीमा जस्तै जिपट्रोन पावरट्रेन समावेश गरिने छ । जसले गर्दा सो कारको ब्याट्री रेन्ज निकै पावरफुल हुनेछ । टाटा मोटर्सले २०१९ मा टिगोर ईभी लन्च गरेको थियो । सो कार सरकारी अधिकारी र फिल्ट बायर्सको लागि उपलब्ध गराइएको थियो । यद्यपि टाटा टिगोर ईभीको पुरानो मोडलको ब्याट्री रेन्ज र परफर्मेन्स खासै राम्रो थिएन ।

अब टाटा टिगोर ईभीमा नेक्सन ईभीमा जस्तै जिपट्रोन पावरट्रेन देख्न सकिने छ । जसमा ३०० भन्दा पनि बढी भोल्टको इलेक्ट्रिक मोटर समावेश गरिने छ । सो कारमा ३०.२ केडब्ल्युएचको ब्याट्री समावेश गर्नेछ । सो ब्याट्रीले सिंगल चार्जमा २५० किलोमिटर देखि ३०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

टाटा टिगोरको इलेक्ट्रिक मोटरले १२० बीएचपीको पावर र २४० एनएमको टर्क जेनेरेट गर्ने क्षमताको रहेको छ । सो कारको टप स्पिड १०० किलोमिटर प्रतिघन्टा रहेको छ । फास्ट चार्जिङको मदतले यसको ब्याट्री १ घन्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

टाटा टिगोरको मूल्य सम्भवतः १० लाख देखि १२ लाख भारु हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ डिजाइन र सुविधासहित टाटा नानो २०२५ मा पुनः आगमन हुँदै

नयाँ डिजाइन र सुविधासहित टाटा नानो २०२५ मा पुनः आगमन हुँदै

टाटा समूहले आफ्नो लोकप्रिय कार टाटा नानोलाई २०२५ मा पुनः बजारमा ल्याउने...

टाटा पन्च ईभी भित्रियो नेपाल, परीक्षण पश्चात नाडा अटो शोमा प्रदर्शन गरिने

टाटा पन्च ईभी भित्रियो नेपाल, परीक्षण पश्चात नाडा अटो शोमा प्रदर्शन गरिने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

यस्ता छन् ५ दिन पछि लन्च हुने  नयाँ टाटा सिएराका टप फिचर

यस्ता छन् ५ दिन पछि लन्च हुने नयाँ टाटा सिएराका टप फिचर

टाटा मोटर्सले २५ नोभेम्बर २०२५ मा भारतीय बजारमा नयाँ टाटा सिएरा लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...