आगामी भदौ ५ सम्म सुजुकी एक्सचेन्ज मेला हुने, प्रचलित मूल्य भन्दा थप १५ हजार पाइने

काठमाडौं – नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले सुजुकी एक्सचेन्ज मेला प्रारम्भ गरेको छ । आज देखि प्रारम्भ भएको सो मेला आगामी भदौ ५ गतेसम्म चल्ने छ ।

भीजी सुजुकीका देशभर रहेका शोरुममा एकसाथ मेला आयोजना गरिएको भीजी अटोमोबाइल्सले जनाएको छ ।

कुनै पनि कम्पनीको पुरानो बाइक वा स्कुटरको सट्टामा विश्व प्रसिद्ध जापनिज ब्रान्ड सुजुकीको नयाँ बाइक वा स्कुटर चढ्ने अवसर ग्राहकले पाउनेछन् । कुनैपनि मोटरसाइकल वा स्कुटरको प्रचलित बजार मूल्य भन्दा १५ हजार थप मूल्यांकन गरिने कम्पनीले जनाएको छ ।
मूल्यांकन को लागि नजिकैको भीजी सुजुकी शोरुममा जान सकिने बताइएको छ ।

नेपाली बजारमा सुजुकीका जिक्सर सिरिजका साथै हायाते र इन्ट्रयुडर मोटरसाइकलका तथा बर्गम्यान स्कुटर बिक्रीका लागि उपलब्ध छन् । सुजुकी जिक्सर १५० को मूल्य ३ लाख ३८ हजार ९ सय, जिक्सर २५० को मूल्य ४ लाख ६५ हजार ९ सय रुपैयाँ, जिक्सर एसएफ १५० को ३ लाख ७९ हजार ९ सय, जिक्सर एसएफ २५० मोटोजीपीको मूल्य ५ लाख १ हजार ९ सय, जिक्सर एसएफ २५० को मूल्य ४ लाख ९८ हजार ९ सय र जिक्सर एसएफ १५० मोटोजीपीको मूल्य ३ लाख ८१ हजार ९ सय रुपैयाँ छ ।

त्यसैगरी सुजुकी हायातेको मूल्य १ लाख ९९ हजार ९ सय र इन्ट्रयुडरको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ छ भने सुजुकी बर्गम्यान स्कुटरको मूल्य २ लाख ४१ हजार ९ सय रुपैयाँ छ ।

त्यसैगरी केही दिन पहिले देखि मात्र नेपाली बजारमा बीएस६ सुजुकी एक्सेस स्कुटर उपलब्ध भएको छ । यसको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकी मोटरसाइकल किन्दा यस्तो छ दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना

सुजुकी मोटरसाइकल किन्दा यस्तो छ दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना

कठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता...

चिनियाँ कम्पनी ग्रेटवालले बनायो सुजुकी जिम्नी जस्तै देखिने नयाँ एसयुभी

चिनियाँ कम्पनी ग्रेटवालले बनायो सुजुकी जिम्नी जस्तै देखिने नयाँ एसयुभी

अटोमोबाइलका लागी चीन विश्वको सबैभन्दा ठूलो बजार हो । चीनमा हरेक वर्ष सयौं...

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजना सुरु, कार किन्दा लाखौ छुट र अन्य सुविधा

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजना सुरु, कार किन्दा लाखौ छुट र अन्य सुविधा

काठमाडौं – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...