अब खल्ती वालेटबाट टीभीएसका सवारी साधनको किस्ता भुक्तानी गर्न सकिने

काठमाडौं – अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीबाट अब टीभीएसका सवारी साधनको किस्ता भुक्तानी गर्न सकिने भएको छ । यसका लागि खल्ती र नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सबीच सम्झौता भएको छ ।

अब ग्राहकले टीभीएसका मोटरसाइकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्नसक्ने भएका छन् । खल्तीले ग्राहकहरुको सहजताको लागि टीभीएस सोरुममा खल्ती क्यूआरहरु पनि सेट गरेको छ, जसमार्फत ग्राहकहरुले युनियन पेसँग आवद्ध बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् ।

यसरी गर्न सकिन्छ किस्ता शुल्क भुक्तानी

खल्तीबाट टीभीएसका सवारी साधनको किस्ता शुल्क भुक्तानी गर्न सबैभन्दा पहिले खल्तीको होम स्क्रिनमा रहेको ‘ईएमआई’ आइकनमा ट्याप गर्ने, त्यसपछि ‘जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट’ लेखिएको ब्यानरमा क्लिक गर्ने, अब सम्पूर्ण विवरण दाखिला गरि ‘प्रोसिड टु पे’ बटनमा दबाउने ।

५ हजार रुपैयाँ भन्दा माथिको किस्ता तिर्नु परेमा प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ ।

सम्बन्धित समाचारहरू

टीभीएसद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, ६० मिनेटभित्रै स्पेयर पार्ट्सको सुबिधा

टीभीएसद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, ६० मिनेटभित्रै स्पेयर पार्ट्सको सुबिधा

काठमाडौं — टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

ड्युअल डिस्क र सिंगल च्यानल एबीएस भेरिएन्टमा पनि आयो टीभीएस रेडर, मूल्य कति ?

ड्युअल डिस्क र सिंगल च्यानल एबीएस भेरिएन्टमा पनि आयो टीभीएस रेडर, मूल्य कति ?

टीभीएसले रेडर १२५ को ड्युअल डिस्क भेरिएन्ट लन्च गरेको छ । दुई ट्रिममा...

टीभीएसको तेस्रो नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर लन्च

टीभीएसको तेस्रो नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर लन्च

टीभीएसले भारतमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ लन्च गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...