जब राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा जिप -याङगलर कुदाए…

सामान्यतया ह्वाइट हाउसको साउथ लनमा जिप -याङगलर कुदेको दृश्य देखिँदैन । अझ त्यसको स्टेयरिङ राष्ट्रपति आफैंले घुमाइरहेको देखिनु त झन् दुर्लभ नै हो ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले जिपको हाइब्रिड -याङगलर ४ बाई ई रुबिकनलाई आफ्नै सवारी झैं ह्वाइट हाउसमा चलाए । यो हाइब्रिड ईभीमा १७ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याकका साथै २.० लिटरको आई४ डीओएचसी डाइरेक्ट इन्जेक्सन टर्बो इन्जिन छ ।

यसअघि वाइडेनले आफूलाई अमेरिकी कार उत्पादकहरुले सन् २०३० को अन्तसम्ममा अमेरिकामा बिक्री हुने लाइट ट्रक र प्यासेन्जर भेइकलमध्ये आधा विद्युतीय हुने विश्वास दिलाएको घोषणा गरेका थिए ।

-याङगलरको टेस्ट ड्राइभपछि मिडियासँग कुरा गर्दै वाइडेनले भने, ‘प्रश्न यो हो कि भविष्यको दौडको नेतृत्व हामीले गर्ने कि पछि लाग्ने ? बाँकी विश्व अघि बढिसकेका छन् । हामीले उनीलाई भेटाउनु पर्छ ।’

उनले यदि सेभ्रोलेले इलेक्ट्रिक कोर्भेट बनाउँछ भने पहिलो टेस्ट ड्राइभ लिने उनी आफैं हुने घोषणा समेत गरेका छन् ।

वाइडेनले जिप चलाएको भिडियोलाई आफ्नो ट्विटरमा समेत पोस्ट गरेका छन् । यसलाई यो लिंकमा हेर्न सकिन्छ ।

क्लिन कार र पिकअपमा अमेरिकी नेतृत्व बलियो बनाउने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रममा फोर्ड, क्राइसलर र जिप जस्ता अमेरिकी कार उत्पादकका उच्च अधिकारीहरुको समेत उपस्थिति थियो ।

वाइडेनले नयाँ आदेशको उद्देश्य अमेरिकी अर्थतन्त्र र जनस्वास्थ्यको सुधार, उपभोक्ताको पैसा बचाउ, वातावरणीय न्याय, उर्जा सुरक्षा र जलवायु संकटको सम्बोधन भएको पनि बताए ।

यस सम्बन्धी भिडियो यो लिंकमा हेर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...