फिएट पुन्टो फेरि बजारमा आउने, इलेक्ट्रिक भेरिएन्ट समेत आउने

केही वर्ष पहिले बजारमा फिएट पुन्टो ह्याचब्याक मोडल बिक्रीका लागि उपलब्ध थियो । यद्यपि यसको कम सेल्स र नयाँ उत्सर्जन मानक नियमको कारणले सो कारको उत्पादन बन्द गर्नु परेको थियो । रिपोर्ट अनुसार हाल फिएट कम्पनी पुन्टोको नयाँ मोडल लन्च गर्ने तयारीमा लागेको छ ।

नयाँ फिएट पुन्टो कमन मोडुलर प्लेटफर्म (सीएमपी) मा तयार पारिनेछ । जसलाई कम्पनीले २०२३ सम्ममा सार्वजनिक गर्नेछ । उक्त प्लेटफर्ममा प्युजो २०८, ओपल कोरसा र सिट्रोन सी४ जस्ता कम्प्याक्ट कार निर्माण गरिसकेको छ ।

न्यु जेनेरेसनको फिएट पुन्टो हाइब्रिड कार हुनेछ जसमा पुरानो मोडलको इन्जिनको साथमा इलेक्ट्रिक पावरट्रेन समावेश गरिने छ । कम्पनीले सो इलेक्ट्रिक कार २०२४ सम्ममा लन्च गर्ने सम्भावना रहेको छ । मिडिया रिपोर्टका अनुसार नयाँ पुन्टो युरोप र अमेरिकामा लन्च गरिने छ ।

भारतमा उपलब्ध फिएट पुन्टो मोडल २०१८ मा बन्द भइसकेको छ । सो कार बन्द हुनुको कारण भारतमा बीएस६ उत्सर्जन मानक अनुसार अपडेट नहुनु र कम बिक्रीको कारण रहेको छ । युरोपमा भने फिएट ५०० र पान्डा जस्ता मोडल बिक्री भइरहेको छ । नेपालमा समेत फिएट पुन्टो बिक्रीका लागि उपलब्ध थियो ।

फिएट पुन्टोको फर्स्ट जेनेरेसन मोडल सन १९९३ मा लन्च गरिएको थियो । सो कार फिएट युनोको स्थानमा ल्याइएको थियो । कम्पनीले सो कार २, ३ र ५ ढोकामा सार्वजनिक गरिएको थियो । सेकेन्ड जेनेरेसन मोडल सन् १९९९ मा लन्च गरिएको थियो । यसमा ३ ढोका थियो ।

कारको तेस्रो जेनेरेसन मोडल २००५ मा लन्च गरिएको थियो । जसलाई ग्रान्ड पुन्टो भनिन्थ्यो । २००९ मा यसको नाम परिवर्तन गरी पुन्टो ईभो र २०१२ मा पुन्टो फेसलिफ्ट राखिएको थियो । बन्द हुनु भन्दा पहिला सो मोडल भारतमा २०१८ सम्म बिक्रीका लागि उपलब्ध थियो ।

नयाँ पुन्टोको उत्पादन सर्बियाको प्लान्टमा सुरु हुनेछ । नयाँ जेनेरेसन पुन्टोमा १.२ लिटरको प्योरटेक इन्जिन समावेश गरिएको छ । जसले १३१ बीएचपीको पावर जेनेरेट गर्छ । सो इलेक्ट्रिक भेरिएन्टमा ५० केडब्ल्यु क्षमताको लिथियम आयोन ब्याट्री प्रदान गर्ने सम्भावना रहेको छ । यसको इलेक्ट्रिक मोटरको माध्यमबाट १३६ बीएचपीसम्म पावर जेनेरेट गर्नेछ ।

सम्बन्धित समाचारहरू

भीजी मोटर्सद्वारा ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालन सम्बन्धी तालिम

भीजी मोटर्सद्वारा ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालन सम्बन्धी तालिम

काठमाडौं – नेपालमा एसआरएम र जोयलङ ईभी भ्यानको आधिकारिक वितरक भीजी...

आइडी ३ ह्याचव्याकमा आधारित नयाँ इलेक्ट्रिक एसयूभी तयार पार्दै फक्सवागन

आइडी ३ ह्याचव्याकमा आधारित नयाँ इलेक्ट्रिक एसयूभी तयार पार्दै फक्सवागन

जर्मन अटो निर्माता फक्सवागनले हाल कारोबार भैरहेको इलेक्ट्रिक ह्याचव्याक...

चांगन, सिएटिएल र हुवाएको संयुक्त साझेदारीमा वनेको नयाँ इलेक्ट्रिक कारको तस्विर वाहिरियो

चांगन, सिएटिएल र हुवाएको संयुक्त साझेदारीमा वनेको नयाँ इलेक्ट्रिक कारको तस्विर वाहिरियो

चिनियाँ अटो निर्माता चांगनले निकट भविष्यमा लन्च हुन लागेको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...