कामा ब्रान्डका ईभीको बिक्री शुरु, कमर्सियल र प्यासेन्जर प्रयोजनका लागि उपयुक्त
काठमाडौं – त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्रान्डको ११ र १४ सिट क्षमताका...
मिन मेटल मोटर्स (एमएमएम) नामको इन्डियन स्टार्टअपले भारतमा पहिलो पटक इलेक्ट्रिक सुपरकार अजानी कार निर्माणको लागि प्रोजेक्ट सुरु गरेको छ । कम्पनीले सो सुपरकारको टप स्पिड ३५० किलोमिटर प्रति घन्टा हुने दाबी गरेको छ ।
उक्त सुपरकार २ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमता रहेको छ । सो सुपरकारमा प्रयोग गरिएको इलेक्ट्रिक मोटरले १००० एचपीको पावर जेनेरेट गर्छ । एक पटकको फुल चार्जमा ७०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।
कम्पनीले सो कार पहिला २०२३ मा ब्रिटेनमा र २०२४ मा युएईमा लन्च गर्नेछ । भारतमा भने २०२५ मा मात्र लन्च गर्नेछ । यसको मूल्य १ लाख २० हजार डलरबाट सुरु हुनेछ ।
सो कम्पनीको स्थापना २०१२ मा सार्थक पोलले गरेका थिए र २०१४ मा ब्रान्डको रुपमा स्थापना भएको थियो ।
अजानी सुपरकार म्याकलरेन सुपरकार जस्तो देखिन्छ । कारको फ्रन्ट प्रोफाइल पुरै ढाकिएको प्यानल र ठूलो एयर भेन्ट्समा इन्टिग्रेडेट शार्प एलईडी हेडल्याम्पको साथमा स्लिक उपलब्ध हुनेछ ।
कारमा घुमाउरो बोनट, हल्का फ्लेयर्ड ह्वील आर्च, शोल्डर लाइन, अल ब्ल्याक ककपिट, सुडोल र एयरोडायनामिक टेल सेक्शन उपलब्ध हुनेछ । जसले सुपरकालाई निकै आकर्षक बनाउने आशा गरिएको छ । अजानीको रियरमा टेललाइटको रुपमा स्लिक एलईडी स्ट्रिप समावेश गरिने छ ।
सो इलेक्ट्रिक सुपरकार माइक्रो प्लान्टमा निर्माण गरिनेछ । जसले सो कारको मूल्यमा कमी आउनेछ । स्टार्टअपको लक्ष्य २०३० सम्ममा ३ करोड ४० लाख इलेक्ट्रिक भेइकल निर्माण गर्ने र ५ हजार ५६४ अरब भारुको मार्केट मूल्य बनाउने लक्ष्य राखेको छ ।
हाल सो कारको लागि २२ जना सदस्यले युके, जर्मनी र अमेरिकामा टेक्निकल पार्टनरको साथमा रिसर्च, डेभलपमेन्ट, डिजाइन, एयरोडायनेमिक्स र इन्जिनियरिङमा काम गरिरहेको छन् ।
काठमाडौं – त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्रान्डको ११ र १४ सिट क्षमताका...
चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी लिपमोटरले आगामी एक दशकभित्र...
काठमाडौं – लिफान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक पिनाकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...