क्रसफायरका दुई मोटरसाइकलको मूल्य बढ्यो : एउटाको ३५ हजार, अर्कोको १० हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका मोटरसाइकल मध्ये क्रसफायरका दुई मोडल आरएम २५० र एचजे २५० को मूल्य वृद्धि भएको छ । नेपालका लागि क्रसफायर मोटरसाइकलको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इमपोर्टले यी दुई मोटरसाइकलको मूल्यमा क्रमशः ३५ हजार र १० हजार रुपैयाँले वृद्धि भएको जानकारी दिएको छ ।

अब आरएम २५० को मूल्य ७ लाख २५ हजार र एचजे २५० को मूल्य ६ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यो भन्दा पहिले यी दुई मोटरसाइकलको मूल्य क्रमशः ६ लाख ९५ हजार र ६ लाख ४५ हजार रुपैयाँ थियो । नयाँ मूल्य आजै देखि लागू हुनेछ ।

कम्पनीले गत साता नै यी दुई मोटरसाइकलको मूल्य वृद्धि हुने अग्रिम जानकारी दिइसकेको थियो ।

डर्ट बाइक सेग्मेन्टमा राम्रो प्रभाव पार्न सफल क्रसफायरका हाल आरएम, एचजे र जीआर७ गरी ३ वटा मोडल उपलब्ध छन् । जसमध्ये जीआरको भने पुरानै मूल्य कायम गरिनेछ । यो बाइकको मूल्य हाल ५ लाख ४५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ टीएफटी डिस्प्ले र टाइप सी चार्जिङ पोर्ट सहित केटीएम २५० ड्युक

नयाँ टीएफटी डिस्प्ले र टाइप सी चार्जिङ पोर्ट सहित केटीएम २५० ड्युक

केटीएमले आफ्नो २५० ड्युक नयाँ टीएफटी डिस्प्लेको साथ प्रस्तुत गरेको छ ।...

हस्कभर्ना भिटपिलेन ७०१ स्पेसल एडिसन सार्वजनिक

हस्कभर्ना भिटपिलेन ७०१ स्पेसल एडिसन सार्वजनिक

स्वीडेनको टु ह्वील निर्माता कम्पनी हस्कभर्ना मोटरसाइकलले इटालीको चर्चित...

केटीएम मोटरसाइकलमा अव ४ वर्षको स्ट्यान्डर्ड वारेन्टि

केटीएम मोटरसाइकलमा अव ४ वर्षको स्ट्यान्डर्ड वारेन्टि

काठमाडौं–केटीएमले आफ्ना प्राय सबैजसो मोटरसाइकलमा अव ४ वर्षको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...