सानदार फिचर सहित मारुती सुजुकीले ल्यायो वागनआर एक्सट्रा एडिसन

मारुती सुजुकीको लोकप्रिय ह्याचब्याक कार वागनआरले बजारमा कैयौ वर्षदेखि बिक्री चार्टमा सानदार प्रदर्शन गरिरहेको छ । यसै सन्दर्भमा मारुती सुजुकीले वागनआर एक्सट्रा एडिसन लन्च गरेको छ । कम्पनीले सो कारलाई एक्सटेरियर र क्याबिन हाइलाइटको साथमा उपलब्ध गराएको छ ।

वागनआर ह्याचब्याकको भीएक्सआई भेरिएन्टमा विभिन्न एसेसरिजहरु थप गरेर यो मोडल विकास गरिएको हो । यसको मूल्य ५ लाख १३ हजार देखि ६ लाख ६ हजार भारु सम्म तोकिएको छ । अन्य थप किटहरुको मूल्य २३ हजार भारु तोकिएको छ ।

मारुती सुजुकी वागनआर एक्सट्रा एडिसनमा कैयौ परिवर्तन देख्न सकिन्छ । यसमा एक्सटेरियर लुकको लागि फगल्याम्प गार्निस, क्रोममा अपर ग्रिल गार्निस, क्रोममा ब्याक डोर गार्निसको साथमा नम्बर प्लेट गार्निस अपडेट गरिएको छ । सो कारमा ब्ल्याक कलरमा फ्रन्ट र रियर बम्पर प्रोटेक्टर, साइड स्कर्ट, ह्वील आर्क क्लेडिङ र बडी साइड मोल्डिङ पनि समावेश गरिएको छ ।

युवावर्गलाई आकर्षित गर्नका लागि वागनआर एक्सट्राको क्याबिनमा इन्टेरियर स्टाइलिङ किट समावेश गरिएको छ । नयाँ वागनआरमा ड्राइभिङको समयमा सुविधाको लागि एक डिजिटल एयर इनफ्लोटर, ट्रक आर्गनाइजर र कार चार्जर एक्सटेन्डर पनि समावेश गरिएको छ । वागनआरको भी भेरिएन्टमा १.० लिटरको साथमा १.२ लिटर इन्जिनको विकल्पमा उपलब्ध रहेको छ ।

वागनआर भारतीय बजारमा लगभग २ दशक अघि लन्च गरिएको थियो । हालसम्म सो कारको २५ लाख युनिट बिक्री भइसकेको छ । वागनआरको सीएनजी भेरिएन्ट समेत लगभग ३ लाख युनिट बिक्री भइसकेको कम्पनीले प्रस्ट पारेको छ ।

सम्बन्धित समाचारहरू

भिटारा ब्रेजाले पार ग-यो विश्वकै खतरनाक रोड (भिडियो सहित)

भिटारा ब्रेजाले पार ग-यो विश्वकै खतरनाक रोड (भिडियो सहित)

मारुती सुजुकी भिटारा ब्रेजाले विश्वकै खतरनाक मध्ये एक मानिने भारतको...

मारुती इको भ्यानमा अव ६ वटा एयर व्याग र ६ सिट लेआउट

मारुती इको भ्यानमा अव ६ वटा एयर व्याग र ६ सिट लेआउट

मारुति सुजुकीले आफ्नो लोकपिय मोडल इको भ्यानको २०२५ संस्करण लन्च गरेको छ ।...

सुजुकीका दुई नयाँ एसयूभी नेपालमा सार्वजनिक, यस्तो छ सवै भेरिएन्टको मूल्य र फिचर

सुजुकीका दुई नयाँ एसयूभी नेपालमा सार्वजनिक, यस्तो छ सवै भेरिएन्टको मूल्य र फिचर

सुजुकीका दुई नयाँ एसयूभी ग्रान्ड भिटारा र नयाँ ब्रेजा औपचारिक रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...