यस्तो हुनेछ २०२२ हुन्डाई भेन्यु, थप फिचर सार्वजनिक
हुन्डाईको लोकप्रिय एसयूभी भेन्यु यही वर्ष नयाँ अपडेट सहित लन्च हुने...
प्रिमियम ह्याचब्याक सेग्मेन्टमा सर्बाधिक रुचाइएको हुन्डाई आई२० को नयाँ जेनेरेसन नेपाल भित्रिएको छ । यसअघिको सेकेन्ड जेनेरेसन इलाईट आई२० लाई थप परिमार्जन र परिस्कृत गरी थर्ड जेनेरेसन आई२० भित्र्याइएको हो । इन्जिन, पावर तथा पर्फमेन्स पुरानै मोडलसरह रहेपनि नयाँ कारको लुक्स, डिजाइन र फिचर्समा व्यापक फेरबदल गरिएको छ ।
लुक्स तथा डिजाइन
इन्डियन कार अफ द इयर २०२१ अवार्ड प्राप्त गर्न सफल नयाँ कारको डिजाइन पहिलेको तुलनामा निकै नै आकर्षक र स्पोर्टी तवरबाट गरिएको छ । फ्रेमरहित ग्रिल र सी–पिल्लरयुक्त क्रोमका कारण यो पहिलेको तुलनामा थप स्पोर्टी र आकर्षक देखिएको छ । गाडीको पछिल्लो भागमा दिइएको जेड आकारको एलईडी टेललाइट र पियानो ब्ल्याक कलरको विन्डस्क्रिनले नयाँ आई२० को लुक्समा निखरता दिएको छ ।
नयाँ आई२० को ग्रिल पुरानो मोडलको तुलनमा निकै नै आकर्षक र सार्प देखिन्छ । डीआरएल सहितको स्लिक एलईडी हेडल्याम्पले यसको कासकेड ग्रिलमा थप निखरता प्रदान गरेको छ । जसका कारण यो कार पुरानो मोडलको तुलनामा बढी नै स्पोर्टी देखिएको हो ।
भेन्युमा प्रयोग गरिएको १७ इन्चको डाइमन्ड कट अलोय ह्विलले यो कारलाई थप बोल्ड देखाएको छ । यो कारको डिजाइन युरोपमा गरिएका कारण समग्र डिजाइन युरोपियन स्ट्यान्डर्डमा आधारित छ । पहिलेको तुलनमा ३० एमएम बढी चौडा यो कार ५ एमएम बढी लामो समेत छ । त्यसैगरी यसको ह्विलबेस समेत १० एमएमले बढी लामो छ । नयाँ आई२० पुरानो मोडलको तुलनामा केही ठूलो र फराकिलो समेत देखिन्छ ।
इन्टेरियर एन्ड फिचर्स
नयाँ आई२० को भित्री बनावट समेत निकै नै आकर्षक र स्पोर्टी रहेको छ । पहिलेको तुलनामा यसको इन्टेरियर पुरै परिबर्तन गरिएको छ । नयाँ कारको इन्टेरियर ब्ल्याक कलर थिममा समायोजन गरिएको छ । जबकी यसअघिको मोडलको इन्टेरियर डुअल कलर टोनमा आधारित थियो ।
यो कारको क्याविनलाई भब्य र आरामदायी बनाउन कम्पनीले कुनै कन्जुस्याई गरको देखिदैन । पछाडिको सिटमा बस्नेहरुका लागि आरामदायी यात्राको प्रत्याभूति गराउन पहिलेको तुलनामा झन्डै ४० एमएम बढी लेग स्पेस दिइएको छ । यो कारमा ५ जना यात्रुले आरामदायी यात्र गर्न सक्नेछन् ।
यो कारको बुट स्पेस समेत पुरानो मोडलको तुलनामा २५ लिटरले बढाएर ३५१ लिटर पु¥याइएको छ । जुन सेग्मेन्टमै सर्बाधिक बढी क्षमता हो । पुरानो मोडलमा ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम जडान भएकोमा यो नयाँ कारमा भने १०.२५ इन्चको अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम उपलब्ध गराइएको छ जहाँ चालकले एप्पल कारप्ले र एन्ड्रोइड अटोको सपोर्ट लिन सक्छन् ।
इन्जिन तथा पावर
नयाँ कारमा १.२ लिटर क्षमताको कप्पा इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८२ बीएचपी र टर्क ११५ एनएम रहेको छ । जुन यसअघिको पुरानो मोडल सरह हो । पुरानो मोडलमा बीएस४ इन्जिन जडान भएकोमा यो कारमा भने बीएस६ इन्जिन जडान गरिएको छ । जसका कारण यसले प्रदान गर्ने माइलेज केही बढी छ ।

कम्पनीका अनुसार नयाँ आई२० ले २०.३५ किलोटिर माइलेज प्रदान गर्ने दाबी गरिएको छ । जबकी पुरानो मोडलले १९.८ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको थियो । नयाँ कारमा ५ स्पिड म्यानुअल गियर बक्स जडान गरिएको छ भने यसलाई फ्रन्ट ह्विल ड्राइभट्रेनमा गुडाउन सकिन्छ ।
सेफ्टी फिचर्स
नयाँ कारमा पुरानो आई२० मा उपलब्ध गराइएको सेफ्टी फिचर्समा अपग्रेड गरिएको छ । जस्तो पुरानो कारमा एबीएस, ६ एयरब्याग र चारवटै सिटमा सिटबेल्ट वार्निङ ल्याम्प उपलब्ध गराइएकोमा त्यसमा थप गरी नयाँ कारमा इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र हिल एसिस्ट कन्ट्रोल सिस्टम समेत थप गरिएको छ ।
यसको अतिरिक्त यसमा हुन्डाई मोटर्सको स्मार्ट सेन्स सेफ्टी प्याकेज समेत थप गरिएको छ । जसले सडक छेउमा हिड्ने पैदलयात्री र साइकलयात्रीको सुरक्षालाई प्रत्याभुत गराउँछ । साथै यसमा नेभिगेसनमा आधारित स्मार्ट क्रुज कन्ट्रोल थप गरिएको छ ।
मूल्य तथा प्रतिस्पर्धा
नयाँ आई२० पुरानो मोडलको तुलनामा ४ लाख रुपैयाँसम्मले महंगो देखिएको छ । यसअघि इलाईट आई२०को म्याग्ना भेरिएन्टको मुल्य ३३ लाख ५६ हजार कायम गरिएकोमा नयाँ कारको सोही भेरिएन्टको मूल्य ३६ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी पुरानो मोडल इलाईट आई२० स्पोर्टज्को मूल्य ३७ लाख ९६ हजार रहँदै आएकोमा सोही भेरिएन्टको नयाँ मोडलको ४१ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको हो । नेपाली बजारमा यो कारले मारुती बलेनो, फक्सवागन पोलो, होन्डा ज्याज र टाटा अल्ट्रोजसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
हुन्डाईको लोकप्रिय एसयूभी भेन्यु यही वर्ष नयाँ अपडेट सहित लन्च हुने...
हुन्डाई मोटर इन्डियाले आफ्नो फेसलिफ्ट हुन्डाई भेन्यु आज भारतमा लन्च गरेको...
हुन्डाईको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ ले यस वर्षको ‘वल्र्ड कार अफ दि इयर’...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...