होन्डाले यस्तो नयाँ एड्भेन्चर बाइक ल्याउने, १९ अगस्तमा लन्च गर्ने सम्भावना

होन्डाले हालै नयाँ एड्भेन्चर बाइकको टिजर लन्च गरेको छ । होन्डाको सो बाइक हर्नेट २.० मा आधारित रहेको छ । रिपोर्टका अनुसार सो बाइक एनएक्स२०० नामले रजिस्टर गरिएको छ । यद्यपि कम्पनीले सो बाइकको नाम सार्वजनिक गरेको छैन ।

हर्नेट २.० को इन्जिन समावेश हुने
होन्डाको सो नयाँ बाइकमा हर्नेट २.० को इन्जिन र प्लेटफर्ममा आधारित हुनेछ । जसलाई होन्डाको बिगविंग डिलशिपबाट बिक्री गरिनेछ । सो बाइकमा १८४.५ सीसी २ भल्व, एयरकुल्ड सिंगल सिलिन्डर इन्जिन समावेश गर्ने अनुमान गरिएको छ । जसले १७.२६ बीएचपीको पावर र १६.१ एनएमको टर्क जेनेरेट गर्छ ।

फिचर
सो एड्भेन्चर बाइकमा लामो विन्डस्क्रिन, हाई ग्राउन्ड क्लियरेन्स, रेज्ड ह्यान्डल बार, एलईडी लाइट, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल, लङ ट्राभल सस्पेन्शन युनिट जस्ता फिचर समावेश गरिने छ । सो बाइकमा हर्नेट २.० कै फ्रेम प्रयोग गरिनेछ । साथै फ्रन्ट र रियरमा १७ इन्चको टायर प्रयोग गरिनेछ । बाइकमा उत्कृष्ट रोड ग्रिपको लागि अफ रोड टायरको प्रयोग गरिनेछ ।

लन्चिङ समय
होन्डा टु ह्वीलर्सले सो बाइक १९ अगस्तमा लन्च गर्नेछ । कम्पनीले सो बाइकको टिजर पनि सार्वजनिक गरेको छ । सो एड्भेन्चर बाइक १ लाख ३० हजार देखि १ लाख ८० हजार भारुमा लन्च गर्ने सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरू

होन्डा सिटीको हाइब्रिड भर्सन आउने

होन्डा सिटीको हाइब्रिड भर्सन आउने

जापजिन अटो निर्माता होन्डाले सिटी सेडानको हाइब्रिड भर्सन भारतमै उत्पादन...

विश्वमै ३ सय युनिट मात्र उत्पादन भएको एमभी अगस्टाको बाइक नेपालमा

विश्वमै ३ सय युनिट मात्र उत्पादन भएको एमभी अगस्टाको बाइक नेपालमा

काठमाडौं – एमभी अगस्टा सुपरभेलोस सिरी ओरो बाइक नेपाली बजारमा भित्रिएको छ ।...

हिरोलाई पछि पार्दै होन्डा बन्यो भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड

हिरोलाई पछि पार्दै होन्डा बन्यो भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड

काठमाडौं– विगत लामो समयदेखी भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड रहँदै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...