३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार मूल्यका साथ नेपाली बजारमा सार्वजनिक भयो हुन्डाई आई२०

काठमाडौं – नेपाली बजारमा हुन्डाई आई२० सार्वजनिक भएको छ । आज फेसबुक लाइभमार्फत भर्चुअल माध्यमबाट यो कार सार्वजनिक गरिएको हो ।

नेपाली बजारमा हाल यो १.२ लिटर पेट्रोल इन्जिन र ५–स्पिड म्यानुअल गियरबक्समा उपलब्ध हुनेछ । दुई भेरिएन्ट म्याग्ना र स्पोर्ट्जमा उपलब्ध हुने यो कारको मूल्य क्रमशः ३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

भारतमा गत नोभेम्बर महिनामा सार्वजनिक गरिएको थर्ड जेनेरेसन आई २० पहिलेको भन्दा केही ठुलो, फराकिलो र सेग्मेन्ट फर्स्ट फिचर्सबाट सुसज्जित रहेको कम्पनीले बताएको छ ।

इन्डियन कार अफ द इयर २०२१ अवार्ड प्राप्त गर्न सफल नयाँ कारको डिजाइन पहिलेको तुलनामा निकै नै आकर्षक र स्पोर्टी तबरबाट गरिएको छ । फ्रेमरहित ग्रिल र सि पिल्लरयुक्त क्रोमका कारण यो पहिलेको तुलनामा थप स्पोर्टी र आकर्षक देखिएको छ । गाडीको पछिल्लो भागमा दिइएको जेड आकरको एलइडी टेल लाइट र पियानो ब्ल्याक कलरको विन्डस्क्रिनले नयाँ आई २० को लुक्समा निखरता दिएको छ ।

नयाँ आई २० को भित्री बनावट समेत निकै नै आकर्षक र स्पोर्टी रहेको छ । पहिलेको तुलनामा यसको इन्टेरियर पुरै परिबर्तन गरिएको छ ।

सेग्मेन्टकै सबैभन्दा लामो ह्विलबेस दिइएका कारण कारको क्याबिन समेत यो सेग्मेन्टका अन्य कारको तुलनामा फराकिलो छ । पछाडिको सिटमा बस्नेहरुका लागि आरामदायी यात्राको प्रत्याभूति गराउन पहिलेको तुलनामा झन्डै ४० एमएम बढी लेग स्पेस दिइएको छ । यो कारमा ५ जना यात्रुले आरामदायी यात्र गर्न सक्नेछन् ।

नयाँ कारमा पुरानो आई २० मा उपलब्ध गराइएको सेफ्टी फिचर्समा अपग्रेड गरिएको छ । नयाँ कारमा पुरानो आई २० मा उपलब्ध गराइएको सेफ्टी फिचर्समा अपग्रेड गरिएको छ । जस्तो पुरानो कारमा एबीएस, ६ एयरब्याग र चारवटै सिटमा सिटबेल्ट वार्निङ ल्याम्प उपलब्ध गराइएकोमा त्यसमा थप गरी नयाँ कारमा इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र हिल एसिस्ट कन्ट्रोल सिस्टम समेत थप गरिएको छ ।

सम्बन्धित समाचारहरू

यी हुन् हुन्डाईको नयाँ भरनामा छुटेका ५ फिचर

यी हुन् हुन्डाईको नयाँ भरनामा छुटेका ५ फिचर

हुन्डाई मोटर्स इन्डियाले हालसालै नयाँ भरना लन्च गरेको छ । छैँठौ...

क्रेटा फेसलिफ्ट हात पार्न ५ महिनासम्म कुर्नुपर्ने, टप स्पेक र कालो रङ सर्बाधिक रुचाइयो

क्रेटा फेसलिफ्ट हात पार्न ५ महिनासम्म कुर्नुपर्ने, टप स्पेक र कालो रङ सर्बाधिक रुचाइयो

भारतमा १० दिनअघि लन्च भएको क्रेटा फेसलिफ्ट अहिले सर्बाधिक सफल बनिरहेको छ ।...

लन्च भएको २ महिनामै ७५ हजार बढी क्रेटा फेसलिफ्ट बुकिङ

लन्च भएको २ महिनामै ७५ हजार बढी क्रेटा फेसलिफ्ट बुकिङ

हुन्डाईले हालसालै लन्च गरेको क्रेटा फेसलिफ्टमा भारतीय ग्राहकले अत्याधिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...