नेपालमा एसेम्बल उद्योगमा आकर्षण : बाध्यता वा कर छुटको आकर्षण ?
हाल नेपालमा बजाज र टीभीएस गरी दुई कम्पनीले मात्र दुई पाङ्ग्रे तथा तीन...
काठमाडौं – नेपाली बजारमा टीभीएस एनटर्क १२५ स्कुटरले ५० हजार युनिट बिक्रीको माइलस्टोन पार गरेको छ । बिक्री शुरु गरेको तीन वर्षमा यो उपलब्धि हासिल गरेको नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले घोषणा गरेको छ ।
नेपालमै पहिलो पटक ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सन् २०१८ मा यसको बिक्री प्रारम्भ गरिएको थियो । त्यसपछि यसले लगातार रुपमा विभिन्न उपलब्धि हासिल गर्दै यति धेरै बिक्री संख्या पु¥याउन सफल भएको हो ।
धेरै वर्षमा ब्रान्ड इन्डस्ट्री फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । टीभीएस मोटर कम्पनीका इन्टरनेसनल बिजनेस प्रेसिडेन्ट आर दिलिपले नेपाली बजारमा टीभीएस एनटर्क १२५ ले ५० हजार बिक्रीको लक्ष्य हासिल भएकोमा खुसी ब्यक्त गर्दै सुधारिएको पूर्वाधार, बहुउपयोगी सवारी साधनहरुको आवश्यकता र सुरक्षित व्यक्तिगत गतिशीलताको लागि बढ्दो मागको कारण यो स्कुटर नेपालमा एक लोकप्रिय छनोट बन्न सफल भएको बताए । टीभीएस एनटर्ककोे आकर्षक एपियरेन्स, कनेक्टेड टेक्नोलोजी र उत्कृष्ट प्रदर्शनले गर्दा बजारमा यो सफलताको एक पहिचान भएको उनले बताए ।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले नेपाली ग्राहकले गुणस्तरयुक्त उत्पादन र प्रिमियम गतिशीलता समाधानमा विश्वास राख्ने र यस्ता उत्पादन देशका विभिन्न भुभागका लागि उपयुक्त हुने बताए । यही कारण नै टीभीएस एनटर्क १२५ राष्ट्रले नै मन पराएको स्कुटर बन्न सफल भएको बताए ।
टीभीएस एनटर्क १२५ रेसिङ पेडिग्री भएको उत्कृष्ट स्कुटर हो । यसमा टीभीएस कनेक्ट मोबाइल एप्लिकेसन उपलब्ध हुन्छ, जसलाई ब्लुटुथको माध्यमबाट टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ इनेबल्ड टेक्नोलोजी प्रयोग गर्न सकिन्छ । यसमा भएको डिजिटल स्पिडोमिटरमा नेभिगेसन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर, फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेसन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरु प्रयोग गर्न सकिन्छ ।
टीभीएस एनटर्क १२५ पाँच भेरिएन्ट डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन (बीएस६ एफआई) र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा उपलब्ध छ । रेस एडिसन (बीएस६ एफआई सहित) रेड–ब्ल्याक र यल्लो–ब्ल्याक रंगमा उपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु, इन्भिन्सिबल रेड र स्टिल्थ ब्ल्याक रङमा उपलब्ध छ ।
हाल नेपालमा बजाज र टीभीएस गरी दुई कम्पनीले मात्र दुई पाङ्ग्रे तथा तीन...
टीभीएसले आफ्नो लोकप्रिय स्कुटर एनटर्क १२५ रेस एडिसनलाई नयाँ मरिन ब्लु...
टिभिएस मोटर्सले हालसालै भारतमा लन्च गरेको अपाचे आरपी १६५ अहिले चर्चामा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...