नाडाले सार्वजनिक ग-यो बजेट वारेमा धारणा : अधिकांश असन्तुष्टि, थोरै सन्तुष्टि
धेरै समय अघि देखि विद्युतीय सवारी साधनहरुमा लाग्ने महशुल दरहरुमा विभिन्न...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदस्सिय प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटी सफल कार्यकालको लागि शुभकामना दिएको छ ।
सो अवसरमा सरकारले आम जनताको स्वास्थ्य रक्षाको लागि लगाएको बन्दाबन्दीको कारण समग्र अटोमोबाइल क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशील अवस्थामा पु¥याउन सरकारबाट विशेष पहल गरि दिन प्रतिनिधि मण्डलले आग्रह गरेको छ ।
सो भेटघाट तथा छलफलमा केन्द्रीय कार्य समिति सदस्य, सार्वजनिक सवारी साधन समिति र सडक सुरक्षा तथा वातावरण समितिका सभापति राजनबाबु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउदै आएको जस्तै आर्थिक राहत ती व्यवसायीहरुलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गरे । छलफलमा उनले वन तथा वातावरण मन्त्रालयले जिप, कार भ्यान र मोटरसाइकलमा युरो तथा बीएस६ लागू गर्न लागेको विषय सराहनिय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई दिने व्यवस्थाका लागि प्रधानमन्त्रीसँग आग्रह समेत गरे ।
सो छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंघानिया, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल र एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
धेरै समय अघि देखि विद्युतीय सवारी साधनहरुमा लाग्ने महशुल दरहरुमा विभिन्न...
काठमाडौं – नेपालमै पहिलो पटक आयोजना गरिएको नाडा ईभी एक्सपो सकिएको छ ।...
काठमाडौं – पहिलो पटक भएको नाडा अटो संवादले नेपालमा अटोमोबाइल उद्योगलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...