अझै स्पष्ट देखियो सुजुकीको नयाँ सेलेरियो, यही महिना लन्च हुने

मारुती सुजुकीले यही महिना भारतीय बजारमा नयाँ सुजुकी सेलेरियो सार्वजनिक गर्ने सम्भावना देखिएको छ । सो कारको टेस्ट म्युल टीभी कमर्सियलमा देखिएको छ । यसमा कारको डिजाइन झलक देख्न सकिन्छ ।

तस्बिर अनुसार यो कार हनिकम्ब मेस ग्रिलका साथ आउने छ । त्यसैगरी कारमा ट्राएंगुलर हेडल्याम्प, ब्ल्याक अलोय ह्विल र फगल्याम्प दिइएको छ । त्यसैगरी इन्डिकेटर माउन्टेड ओआरभीएम र ¥याप अराउन्ड टेललाइट हुनेछ । कारमा मल्टी स्पोक अलोय ह्विलका साथै रियर इन्डमा विन्डो वाइपर पनि हुने बताइएको छ ।

यो कार १.० लिटर र १.२ लिटर पेट्रोल इन्जिनका साथ उपलब्ध हुनेछ, जसले क्रमशः ६८ र ८३ एचपी पावरका साथै ९० र ११३ एनएम टर्क जेनेरेट गर्नेछ । कारमा ५ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्स हुनेछ ।

मारुती सुजुकीको यो कार हर्टेक्ट प्लेटफर्ममा आधारित छ । यही प्लेटफर्ममा वागर आर र एस–प्रेसो जस्ता कार पनि आधारित छन् । नयाँ सेलेरियो पहिले भन्दा बढी क्याबिन स्पेसका साथ उपलब्ध हुनेछ । त्यसैगरी समग्र डिजाइनले गर्दा कारको लुक पनि निकै नै फ्रेस देखिने छ ।

सम्बन्धित समाचारहरू

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...

५ भेरिएन्टमा आयो नयाँ सुजुकी स्विफ्ट, यस्तो छ मूल्य र फिचर

५ भेरिएन्टमा आयो नयाँ सुजुकी स्विफ्ट, यस्तो छ मूल्य र फिचर

मारुती सुजुकीको नयाँ स्विफ्ट भारतमा लन्च भएको छ । चौथो जेनेरेशन...

३६० डिग्री क्यामेरा र विभिन्न फिचर सहितको यस्तो हुनेछ सुजुकीको नयाँ बलेनो ह्याचब्याक

३६० डिग्री क्यामेरा र विभिन्न फिचर सहितको यस्तो हुनेछ सुजुकीको नयाँ बलेनो ह्याचब्याक

मारुती सुजुकी बलेनोको नयाँ मोडलको फोटो र फिचर लन्च हुनुअघि नै लिक भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...