३५ हजार कम मूल्य सहित होन्डा सीबी ३५० आरएसको आज औपचारिक बिक्री शुभारम्भ हुने

काठमाडौं – होन्डाले नेपाली बजारमा उपलब्ध गराएको नयाँ मोटरसाइकल सीबी ३५० आरएसको आज देशभरका सोरुममा औपचारिक बिक्री प्रारम्भ हुने भएको छ । आजै देखि नै केही ग्राहकलाई यो मोटरसाइकल डेलिभरी समेत गरिने होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ ।

बिक्री शुभारम्भको अवसरमा मोटरसाइकलको मूल्यमा ३५ हजार रुपैयाँ छुट गरिएको छ । होन्डा सीबी ३५० आरएसको मूल्य ७ लाख ७५ हजार तोकिएको छ । यद्यपि केही दिनका लागि ग्राहकलाई ७ लाख ३९ हजार ९ सय रुपैयाँमै यो मोटरसाइकल उपलब्ध गराइने बताइएको छ ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित सो बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोडर्न फिचरहरुले भरिपूर्ण यो बाइक सिङ्गल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्ट्स एलो र रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न कलरहरुमा उपलब्ध छ

एड्भान्स डिजिटल एनालग मिटर, ड्युअल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकमा भएका धेरै मध्येका केही विशेषताहरु हुन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...