अपाचे र पल्सर सिरिजको टक्करमा आउँदै छन् केटीएम आरसी सिरिज

केटीएम आरसी ३९० केही समयका लागि कम्पनीको वेबसाइटमा राखिएको र तुरुन्तै हटाइएको छ । धेरैले केटीएमका नयाँ मोटरसाइकल बजारमा आउने तयारी भइरहेको अनुमान गरेको समयमा यस्तै प्रकारका तस्बिरहरु अनलाइनमा लिक भएका छन् । यसबाट केटीएमका नयाँ मोटरसाइकलमा भएको परिवर्तनको वारेमा थाहा भएको छ ।

बाइकमा गरिएको नौरंगी र निलो रङको मिश्रण हेर्दा निकै नै राम्रो देखिएको छ । यसबाट यो बाइक सडकमा समेत फरक देखिने छ । त्यसैगरी यसको फेयरिङमा पनि कार्बन फाइबर फिनिसिङ गरिएको छ र स्क्रिनमा पनि केही फरक छ । फेयरिङलाई एलईडी लाइटले घेरिएको छ ।

केटीएम आरसी ३९० मा एलईडी हेडलाइट छ र यसको धेरैजसो प्यानल हालकै मोडल जस्तै छ । यसको सिट फराकिलो र आरामदायक देखिन्छ । पछिल्लो भागमा बोल्ट अन सबफ्रेम उपलब्ध छ, जुन क्षतिग्रस्त भए पनि सजिलैसित परिवर्तन गर्न सकिन्छ । यसमा ट्रिपल क्ल्याम्प र क्लिप अन ह्यान्डलबार दिइएको छ ।

यसको इन्जिन पनि पहिलेकै जस्तो हुने अनुमान गरिएको छ । केटीएम आरसी ३९० बाहेक आरसी १२५ र आरसी २०० बाइकको तस्बिर पनि अनलाइनमा लिक भएका छन् ।

केटीएमका यी बाइक लन्च भए पश्चात हाल बजारमा प्रचलित टीभीएसको अपाचे र बजाजको पल्सर सिरिजलाई चुनौती दिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

क्रुज कन्ट्रोल फिचरसहित आयो केटीएम ३९० ड्युक

क्रुज कन्ट्रोल फिचरसहित आयो केटीएम ३९० ड्युक

केटीएमले ३९० ड्युकको २०२५ संस्करण लन्च गरेको छ । २ लाख ९५ भारु निर्धारण...

सर्बाधिक ६ वर्ष वारेन्टीका साथ रनर मोटरसाइकलमा २१ हजार सम्म नगद छुट

सर्बाधिक ६ वर्ष वारेन्टीका साथ रनर मोटरसाइकलमा २१ हजार सम्म नगद छुट

काठमाडौं – बंगलादेशी मोटरसाइकल ब्रान्ड रनरले नेपाली नयाँ वर्षलाई...

केटीएमको नयाँ इन्ड्युरो बाइक नेपालमा, बुकिङ र टेस्ट राइड खुला

केटीएमको नयाँ इन्ड्युरो बाइक नेपालमा, बुकिङ र टेस्ट राइड खुला

काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...