निषेधाज्ञामा अनुमति विना चल्ने दुई पांग्रेलाई २ हजार र चारपांग्रेलाई ५ हजार जरिवाना हुने
काठमाडौं – अब निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना...
सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याचरर्स (सियाम) ले भारतीय अटो एक्सपो २०२२ स्थगित गरिएको जानकारी सार्वजनिक गरेको छ । अटो एक्सपो – द मोटर शो २०२२ आउँदो वर्ष २ देखि ९ फेब्रुअरीमा ग्रेटर नोएडामा आयोजित हुने तय भएको थियो ।
सियामले कोभिड – १९ को महामारीको कारण उक्त आयोजना स्थगित गर्नु परेको जानकारी प्रष्ट पारेको छ । सियामले अटो एक्सपो २०२२ को आयोजना गर्ने भन्ने कुरामा विचार विमर्श पश्चात सार्वजनिक गरिने जानकारी दिएको छ ।
अटो एक्सपो हरेक २ वर्षमा आयोजना हुने गर्छ । उक्त शो विशेषगरी फेब्रुअरीमा आयोजित हुने गर्छ । अटो एक्सपोले नयाँ उत्पादन र टेक्नोलोजी प्रदर्शित गर्ने अवसर प्रदान गर्छ । कार प्रेमीहरु अटो शो उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका हुन्छन् ।
यो भन्दा पहिले सन् २०२० मा भएको अटो एक्सपोमा ६ लाख अवलोकनकर्ता थिए । सो अवसरमा ७० सवारी साधन लन्च र सार्वजनिक गरिएको थियो । विभिन्न क्षेत्रका १०८ प्रदर्शनकर्ताहरुले ३५२ उत्पादन डिस्प्ले गरेका थिए । सो अवसरमा ३५ इलेक्ट्रिक सवारी साधन लन्च गरिएको थियो ।
भारतमा हुने अटो एक्सपो नेपाली अटोमोबाइल प्रेमीका लागि समेत उत्सुकताको विषय बन्ने गर्छ । नेपालबाट समेत विभिन्न क्षेत्रका अटोमोबाइल प्रेमीहरु अटो एक्सपो अवलोकन गर्न जाने गरेका छन् । भारतमा सार्वजनिक हुने सवारी साधन नेपालमा पनि छिट्टै नै उपलब्ध हुने सम्भावना भएकाले पनि यसप्रति धेरैको चासो हुने गरेको छ ।
काठमाडौं – अब निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना...
काठमाडौँ – नेपाली बजारमा होन्डा बाइक र कार बिक्री–वितरण गरिरहेको ज्योति...
बैशाख १६ गतेदेखि पुनः निषेधाज्ञा लागू गर्ने सरकारी निर्णयसँगै व्यावसायिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...