निशानले भोली इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट सार्वजनिक गर्दै
जापनिज अटो निर्माता निशानले भोली इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट...
के तपाईं कार ड्राइभ गर्न सिक्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कारको स्टेयरिङ ह्विल समाउने तरिका सबैभन्दा पहिले सिक्नु आवश्यक हुन्छ । ड्राइभिङको समयमा स्टेयरिङ ह्विल समाउने सही तरिकाले अहम भूमिका खेलेको हुन्छ । जसले चालकलाई सुरक्षा प्रदान गर्न पनि मद्दत गर्छ ।
गाडी ड्राइभिङ सिक्दै गरेका अधिकांश चालकले ड्राइभिङको समयमा दुबै हातले एकदमै विपरित दिशामा स्टेयरिङ ह्विल समाएका हुन्छन् । अर्थात उनीहरुले एक छेउ र अर्को छेउमा ह्विल समातेका हुन्छन् । तर यसले गर्दा कार मोड्ने समयमा स्टेयरिङ ह्विल बढी घुमाउन सक्ने सम्भावना पनि हुन्छ । कतिपय अवस्थामा चालक परफेक्ट भइसके पछि पनि दुबै हातले स्टेयरिङ ह्विल समाउने गर्छन् । यद्यपि यो तरिका गलत हो ।
स्टेयरिङ ह्विलमा नब अर्थात स्टेयरिङ ह्यान्डल जडान गर्नु पनि गलत तरिका हो । जसको मद्दतले एउटै हातले स्टेयरिङ मोड्न सकिन्छ । यद्यपि यो तरिका प्रो–ड्राइभरको लागि राम्रो विकल्प हो । तर, नयाँ चालकको लागि स्टेयरिङ ह्यान्डलले दुर्घटना पार्न सक्ने सम्भावना बढी हुन्छ ।
यदि तपाईं कार चलाउन सिक्दै हुनुहुन्छ भने जहिले पनि स्टेयरिङ तलबाट हातले समाउनु पर्छ । यो नै स्टेयरिङ समाउने सही तरिका हो । यसले गर्दा शिकारु चालकले कहिल्यै पनि आवश्यकता भन्दा बढी स्टेयरिङ घुमाउँदैनन् र स्टेबल ड्राइभिङ गर्न सकिन्छ । सो तरिकालाई पछ्याउँदा कारलाई सही तरिकाले नियन्त्रण गर्न सकिन्छ ।
जापनिज अटो निर्माता निशानले भोली इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट...
लक्जरी स्पोट्र्स कार निर्माता फरारीले आगामी अक्टोबरमा आफ्नो पहिलो...
केही महिना अघि इलेक्ट्रिक स्कुटरमा आगलागीका धेरै घटना भएपनि अब यो समस्या...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...