विश्वभर १०० युनिट मात्र उत्पादन हुने केटीएम स्पोर्ट बाइक ४ मिनेट ३२ सेकेन्डमै सोल्ड आउट

केटीएमले गत हप्ता अर्थात जुलाई २२ मा आरसी ८सी बाइकका लागि प्रि–अर्डर खोल्यो । अष्ट्रियन कम्पनी केटीएमको सो बाइक यति लोकप्रिय बन्यो कि ४ मिनेट ३२ सेकेन्डमै यसको १०० युनिट बुकिङ भयो ।

विश्वभर १०० युनिट मात्र उत्पादन गरिने केटीएम आरसी ८सी ट्रयाक वान्ली र ट्रयाक रेडी मोटरसाइकल हो । जसलाई बिक्री हुनको लागि ५ मिनेटको समय पनि लागेन । यसको मूल्य ३८ हजार ९९९ डलर तोकिएको छ ।

आरसी ८सी बाइकमा ८९० ड्युकको पावरफुल इन्जिन समावेश गरिएको छ । सो बाइकमा ८८९ सीसी, प्यारालल ट्वीन एलसी८सी इन्जिन समावेश गरिएको छ । सो इन्जिनले १२३ बीएचपीको पावर र १०१ एनएमको टर्क जेनेरेट गर्छ । बाइकमा एक्रापोविक टाइटेनियम मफलर, डेडिकेटेड एयर बक्स र रेसिङ एयर फिल्टरको साथै रेसिङ एक्जस्टबाट यसको परफर्मेन्सलाई बढाउन सकिन्छ ।

केटीएम आरसी ८सी ट्रयाक बाइक हो । जसलाई केटीएम फ्याक्ट्री रेसिङ टिम र यूएस आधारित क्रेमर बाइकद्वारा संयुक्त रुपमा विकसित गरिएको थियो । ८सी को डिजाइनमा विशेषगरी फ्रन्टको फेयरिङमा ध्यान दिइएको छ । सो बाइक खरिद गर्ने १०० जना ग्राहक मध्ये २५ जना ग्राहकले विशेष ट्रयाकको अनुभव लिन सक्नेछन् । सो प्याकेजमा फ्रन्ट र रियर डिस्कको एक जोडा, डायमग ह्वीलको अतिरिक्त सेट, टायर वार्मर, केटीएम रेस कारपेट, र फ्रन्ट र रियर पेडाक समावेश रहेको छ ।

सम्बन्धित समाचारहरू

केटिएमले लन्च गर्यो २०२२ एड्भेन्चर २५०, मूल्य २ लाख ३५ हजार भारु

केटिएमले लन्च गर्यो २०२२ एड्भेन्चर २५०, मूल्य २ लाख ३५ हजार भारु

केटिएमले आज भारतमा २०२२ एड्भेन्चर २५० लन्च गरेको छ । यो बाइकको मूल्य २ लाख...

सिएफ मोटोको १२५ देखी ६५० सिसी सम्मका मोटरसाइकल, यस्तो छ मूल्य र पावर

सिएफ मोटोको १२५ देखी ६५० सिसी सम्मका मोटरसाइकल, यस्तो छ मूल्य र पावर

चीनीयाँ ब्रान्ड सिएफमोटो एड्भेन्चर, सुपर स्पोर्टस्, टुरर र स्पोर्टस...

२०२२ मोडलको केटीएम ३९० एड्भेन्चर देखियो भारतीय डिलरमा, तीन महिना भित्र नेपाल आउने

२०२२ मोडलको केटीएम ३९० एड्भेन्चर देखियो भारतीय डिलरमा, तीन महिना भित्र नेपाल आउने

गत महिनामा अमेरिकी बजारमा लन्च भए पश्चात केटीएच २०२२ ३९० एड्भेन्चर भारतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...