आरटीएफआई टीभीएस एनटर्क रेस एडिसन सार्वजनिक, मूल्य २,७७,९०० रुपैयाँ

काठमाडौं – टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले आज एनटर्क स्कुटरको नयाँ भर्सन एनटर्क रेस ट्युन्ड एफआईको भर्चुअल लन्च गरेको छ । एनटर्क सिरिज अन्तर्गतको यो स्कुटरमा बीएस ६ मापदण्डको आरटी एफआई इन्जिन जडान गरिएको छ । जसलाई कम्पनीले एफआई भन्दा पनि राम्रो दाबी गरेको छ । नयाँ स्कुटरको मूल्य २ लाख ७७ हजार ९ सय कायम गरिएको छ । यो यसअघिको रेस एडिसनको तुलनामा १२ हजार र सुपर स्क्वाडको तुलनामा ७ हजार रुपैयाँले महंगो हो ।

नेपाली बजारमा पहिले देखि उपलब्ध नै एनटर्क डिस्कको मूल्य २ लाख ४४ हजार ९ सय, एनटर्क ड्रमको मूल्य २ लाख २१ हजार ९ सय, रेस एडिसनको मूल्य २ लाख ६५ हजार ९ सय र सुपर स्क्वाडको मूल्य २ लाख ७० हजार ९ सय रुपैयाँ छ ।

टीभीएस एनटर्क स्कुटरको ब्रान्ड एम्बेसडर नायक प्रदीप खड्का र नायिका स्वस्तिमा खड्काका साथै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल र जनरल म्यानेजर दीपक रौनियारले संयुक्त रुपमा स्कुटर सार्वजनिक गरे ।

नयाँ स्कुटर सार्बजनिक समारोहमा बोल्दै कम्पनीका भाइस प्रेसिडेन्ट दिपक अग्रवालले प्रिमियम स्कुटर सेग्मेन्टमा एनटर्क रेस एडिसनले नयाँ बेन्चमार्क खडा गर्ने बताए । जनरल म्यानेजर दीपक रौनियारले टीभीएसले रेसिङका क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै नयाँ स्कुटरले धेरैको मन जित्ने विश्वास ब्यक्त गरे ।

नयाँ एनटर्कमा १२५ सीसी क्षमताको आरटीएफआई इन्जिन जडान गरिएको छ । जसको अर्थ हुन्छ रेस ट्युन्ड फ्युल इन्जेक्सन । यो प्रविधिका कारण यो स्कुटरले एफआई इन्जिन जडान गरिएका अन्य स्कुटरको तुलनामा थप पावर तथा पर्फमेन्स उपलब्ध गराउँछ । यो स्कुटरको अधिकतम पावर ९.२५ बीएचपी र टर्क १०.५ एनएम रहेको छ । यसको अधिकतम गति ९५ किलोमिटर प्रतिघण्टा रहेको छ भने स्कुटर स्टार्ट गरिएको ९ सकेन्डभित्रै ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ ।

सेग्मेन्टमै पहिलो फिचर्स अन्तर्गत यसमा अत्याधुनिक प्रविधिको स्मार्ट कनेक्ट फिचर्स उपलब्ध गराइएको छ । यो स्कुटरमा ब्लुटुथ कनेक्टेड स्पिडोमिटर, ६० फिचर्स समाबेश गरिएको पूर्णत डिजिटल कन्सोल, मल्टी मोड डिस्प्ले, फोन र म्यासेज र मिसकलका बारेमा सचेत गराउने फिचर्स, नेभिगेसन असिस्ट, इन्जिन टेम्पेचर इन्डिकेटर, फोन सिग्नल र फोन ब्याट्री स्ट्रेन्थ डिस्प्ले र अटो रिप्लाई एसएमएस जस्ता फिचर्स कनेक्ट गर्न सकिन्छ ।

यसको साथै हाइ स्पिड अलर्ट, इन्जिन किल स्विच, पास बाई स्विच, स्कुटरमा बाँकी भएको पेट्रोलले कति किलोमिटर यात्रा गर्न सकिने बारे जानकारी, २० लिटर क्षमताको अन्डर सिट स्टोरेज, लाइट सहितको यूएसबी चार्जर र डुअल स्टेयरिङ लक लगायत फिचर्स समावेश गरिएको छ ।

२२० एमएमको रोटो पेटल डिस्क र पार्किङ ब्रेक दिइएको यो स्कुटरको लुक्स स्पोर्टी र एग्रेसिभ रहेको छ । यो रातो र पहेंलो गरी २ कलर अप्सनमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

आधुनिक फिचर र सेफ्टीसहित २०२५ टीभीएस रेडर १२५ छिट्टै लन्च हुँदै

आधुनिक फिचर र सेफ्टीसहित २०२५ टीभीएस रेडर १२५ छिट्टै लन्च हुँदै

टीभीएस मोटरले आफ्नो नयाँ संस्करण २०२५ टीभीएस रेडर १२५ भारतीय बजारमा...

आपाचे आरटीआर १६० भीफोरको नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र फिचर

आपाचे आरटीआर १६० भीफोरको नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं– टीभीएस मोटरले नेपाली बजारमा आपाचे आरटीआर १६० भीफोर एफआई...

यसरी नगद, फाइनान्स वा एक्सचेन्जमा लिन सकिन्छ बीएस६ अपाचे २०० फोरभी

यसरी नगद, फाइनान्स वा एक्सचेन्जमा लिन सकिन्छ बीएस६ अपाचे २०० फोरभी

टीभीएसले हालै नेपाली बजारमा उपलब्ध गराएको बीएस६ इन्जिनको अपाचे आरटीआर २००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...