प्रविधि र अधिकार अभावमा २० लाख सवारी नियन्त्रण : सिठी र हातकै भरमा ट्राफिक व्यवस्थापन
काठमाडौं उपत्यकामा सञ्चालन हुने २० लाखभन्दा बढी सवारीसाधनको व्यवस्थापन...
काठमाडौं – कोरोना कहरको समयलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बीचमा प्लास्टिक सिल्ड (पर्दा) राखिएको छ ।
उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई बिचार गरि प्लास्टिकको पर्दा अनिवार्य गरिएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
क्याप्टेनने मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजको समेत ब्यवस्था हुने भएकाले सुरक्षित हुने बस्न्यात बताउँछन् ।
बस्न्यात भन्छन् ’झरीको समयमा पठाओ ट्याक्सी अझ सहज छ । गेट देखि गेट सम्म सेवा भएकोले झरीको समयमा गन्तव्य सम्म पुग्न पठाओ ट्याक्सी उत्तम बिकल्प हो ।’ उनी थप्छन् ’चोकमा ट्याक्सी खोज्न जान नपर्ने र पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सीको लोकप्रियता बड्दो छ ।’
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो । सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो ।
हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ’पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखि सुरु गरिएको पठाओ बजार परीक्षणको क्रममा रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...