लामो दुरीका सवारी सञ्चालन गर्न दिने काठमाडौं जिल्ला प्रशासनको निर्णय

काठमाडौं - काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ ।

शनिबारदेखि लागू हुने गरी मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालनमा गर्न प्रशासनले अनुमति दिएको हो ।

शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जनाएको छ ।

लामो दुरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले भनेको छ ।

‘मन्त्रिपरिषदको निर्णय अनुसार परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ,’ प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले जारी गरेको सूचनामा भनिएको छ, ‘यात्रा गर्ने यात्रु महानुभावले अनिवार्यरुपमा टिकट काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न हुन अनुरोध छ ।’

काठमाडौंको निषेधाज्ञा भने साउन १० गते मध्यरातसम्म कायमै छ । 

May be an image of text

सम्बन्धित समाचारहरू

व्यवसायी घिमिरेको एसजी ग्रुपले चीनबाट अक्सिजनलगायतका स्वास्थ्य सामाग्री ल्याउने

व्यवसायी घिमिरेको एसजी ग्रुपले चीनबाट अक्सिजनलगायतका स्वास्थ्य सामाग्री ल्याउने

मुलुकमा कोरोना संक्रमणको जटिलता दिनप्रतिदिन बढ्दै जाँदा संक्रमितहरुको...

कोभिड प्रकोप प्रभाव : अटो ग्वाङझाउ २०२२ स्थगित

कोभिड प्रकोप प्रभाव : अटो ग्वाङझाउ २०२२ स्थगित

विश्वकै ठूलो मध्ये एक मानिने चीनको प्रसिद्ध अटो शो ‘अटो ग्वाङझाउ २०२२’...

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं – काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...