शिकागो अटो शोमा कल, म्यासेज र डेटा एक्सेस भएका कार

अमेरिकामा कोभिड–१९ को महामारी पछि पहिलो पटक शिकागो अटो शो आयोजना भएको छ । गत जुलाई १५ देखि १९ सम्म सम्पन्न उक्त शोमा विभिन्न अटोमोबाइल निर्माता कम्पनीहरुले एड्भान्स टेक्नोलोजी र फिचर सहितका कार सार्वजनिक गरेका छन् । यी कारमा सेफ्टीमा पनि विशेष ध्यान दिइएको छ ।

यदि कार ड्राइभको समयमा कार लेन भन्दा बाहिर गएमा कारले अलर्ट गर्छ । साथै पैदल यात्री अचानक कारको अगाडि आएमा अटोमेटिक ब्रेकिङ सिस्टमबाट गाडी रोकिन्छ । बाँया पट्टिबाट कुनै सवारी आएमा र चालकले नदेखेमा चेतावनी पनि दिन्छ । यस्ता विभिन्न प्रकारका सवारी साधन प्रदर्शनीमा राखिए ।

फक्सवागन गोल्फ जीटीआई/आर स्पेसिफिकेशन
फक्सवागनले गोल्फ सिरिजमा दुई कार जीटीआई र आर सार्वजनिक गरेको थियो । दुबैमा ड्राइभर असिस्टेन्स टेक सुइट रहेको छ । यसमा सेमी अटोमेटेड ड्राइभिङ र पार्किङको विकल्प पनि रहेको छ । कार कतै ठोकिने सम्भावना भएमा चेतावनी, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पोट मनिटरिङ, लेन डिपार्चर वार्निङ र लेन किपिङ असिस्ट जस्ता सेफ्टी फिचर रहेको छ । आर मोडलमा ३० रङको एम्बिएन्ट लाइटिङ पनि रहेको छ ।

लेक्सस एनएक्स २०२२
यो प्लग इन हाइब्रिड मोडल हो । साथै यसको डोर इलेक्ट्रोनिक मेकानिज्म भएको हो । इन्टेलिजेन्ट लो बीम फिचरले अगाडिबाट आएको गाडीको लाइट कम गर्न मदत गर्छ । यसमा पेडेस्ट्रियन डिटेक्शन एन्ड ब्रेकिङ फिचर पनि समावेश गरिएको छ । बिल्ट इन सिम फाइभजी टेक्नोलोजीले स्मार्ट डिभाइसको कार्य गर्छ ।

बीएमडब्ल्यु ९
कम्पनीको फ्ल्यागसिप इलेक्ट्रिक क्रसओभर पनि रहेको छ । ग्रिलमा ही रडार, सेन्सर र क्यामेरा समावेश गरिएको छ । फ्युचरिस्टिक क्याबिन पनि रहेको छ र यसमा कम्पनीले पहिलो पटक हेक्सागोनल स्टेयरिङ समावेश गरेको छ । यसमा बिल्ट इन सिम फाइभजी टेक्नोलोजीको व्यवस्था पनि रहेको छ । यसले कार स्मार्ट डिभाइसमा परिवर्तन हुन्छ, अर्थात् फोन घरमा नै भुलेमा कारको मदतले कल, म्यासेज र डेटा एक्सेस पनि गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

सकियो यो बर्षको फेस्टिभल सिजन, अटोमोबाइल कम्पनीहरुले ल्याएको फेस्टिभल अफरको आज अन्तिम दिन

सकियो यो बर्षको फेस्टिभल सिजन, अटोमोबाइल कम्पनीहरुले ल्याएको फेस्टिभल अफरको आज अन्तिम दिन

यो बर्षको फेस्टिभल सिजन आज छठ पर्ब मनाएपछि सकिंदै छ । प्रत्येक बर्ष भदौ...

फक्सवागनले भोली टिग्वान फेसलिफ्ट लन्च गर्ने, थप पावरफुल र फिचर्स लोडेड हुने

फक्सवागनले भोली टिग्वान फेसलिफ्ट लन्च गर्ने, थप पावरफुल र फिचर्स लोडेड हुने

जर्मन अटोमेकर फक्सवागनले भोली भारतीय बजारमा २०२२ टिग्वान फेसलिफ्ट लन्च...

नयाँ कलर अप्सनमा आयो टाइगुनको एनिभर्सरी एडिसन

नयाँ कलर अप्सनमा आयो टाइगुनको एनिभर्सरी एडिसन

फक्सवागनले आफ्नो लोकप्रिय एसयूभी टाइगुनमा नयाँ कलर अप्सन दिएकोे छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...