नेपाली बजारमा सनरुफयुक्त एसयूभी : सबैभन्दा सस्तो टाटा नेक्सन, यस्तो छ अन्यको अवस्था

यूरोप र अमेरिका लगायत विश्वका अधिकांश विकसित देशमा सनरुफ भएका सवारी साधन बढीमात्रामा रुचाइन्छन् । अझ भनौ यी देशमा कारोबार हुने प्रायः सबैजसो भेरिएन्टका सवारीसाधनमा सनरुफ अनिबार्य जस्तै गरिएको हुन्छ ।

सनरुफले गाडीभित्रको क्याबिनमा पर्याप्त प्रकाश दिनुको साथै गाडी गुडिरहेको समयमा सिटमाथिबाट बहिरी दृश्य देख्न मद्दत गर्छ । प्यासेन्जर सिटमा बस्ने यात्रुले सनरुफ खोलेर बाहिरी दृश्य हेर्दै बिन्दास यात्रा गर्न सकिने विशेषताका कारण पनि यसको लोकप्रियता चुँलिदै गएको हो ।

यद्यपि नेपाली अटो बजारमा भने यस प्रकारका फिचर्स उपलब्ध गराइएको सवारीसाधन त्यत्ति चल्तीमा रहेको पाइदैन । पहिले महंगा र बिलासी मानिने ठूला एसयूभी र सेडान कारमा यस्ता फिचर्स उपलब्ध हुने भएपनि पछिल्लो समय साना एसयूभीमा समेत यस्तो फिचर्स थप गर्न थालिएको छ ।

नेपाली बजारमा उपलब्ध साना एसयूभीको प्रायः टप भेरिएन्टमा मात्र सनरुफ दिइएको छ । सनरुफ भएका सवारीसाधन महंगो पर्ने हुँदा पनि यसो गरिएको हो । एउटै भेरिएन्टमा सनरुफ भएको र नभएको सवारीमा ३ लाख रुपैयाँसम्मले फरक पर्ने हुँदा पनि नेपाली बजारमा यो फिचर्सलाई कार पारखीले खासै रुचाएको पाइदैन ।

नेपाली बजारमा ४३ लाख ५५ हजार मूल्य कायम गरिएको टाटा नेक्सनमा समेत सनरुफ दिइएको छ । टाटा नेक्सनको सेमी अप्सनयुक्त एसयूभीमा यस्तो फिचर्स दिइएको हो । फलस्वरुप नेपाली बजारमा कारोबार हुने सबैभन्दा सस्तो सनरुफयुक्त एसयूभीका रुपमा टाटा नेक्सन परिचित छ । नेक्सनकै फुल र अटोमेटिक अप्सनमा समेत सनरुफ दिइएको छ । जसको मूल्य ४९ लाख ६५ हजार र ५२ लाख ६५ हजार पर्छ ।

टाटा नेक्सनपछि सनरुफ भएको सस्तो एसयूभीमा फोर्ड इकोस्पोर्ट पर्छ । इकोस्पोर्टको टाइटानियम मोडलमा यस्तो फिचर्स दिइएको छ, जसको मूल्य ४४ लाख ५० हजार कायम गरिएको छ ।

पछिल्लो समय चर्चामा रहन सफल किया सोनेट, हुन्डाई भेन्यु र महिन्द्रा एक्सयूभीका टप भेरिएन्टमा सनरुफ उपलब्ध गराइएको छ । ४८ लाख ९० हजार मूल्य तोकिएको किया सोनेटको एचटिएक्स मोडलमा यस्तो फिचर्स दिइएको छ ।

उता हुन्डाईको आइएमटी ट्रान्समिसनयुक्त भेन्यु मोडलमा पनि सनरुफ उपलब्ध छ । यो एसयूभीको मूल्य ५० लाख ५६ हजार तोकिएको छ । त्यसैगरी, महिन्द्रा एक्सयूभी ३०० को टप भेरिएन्ट डब्लु८को पेट्रोल र डिजेल दुबै अप्सनमा सनरुफ दिइएको छ । जसको मूल्य ५६ लाख ५० हजार र ५७ लाख २५ हजार रुपैयाँ पर्छ ।

होन्डा ब्रान्डको डब्लुआर–भी मोडलमा समेत यस्तो फिचर्स उपलब्ध छ । डब्लुआर–भीको भिएक्स पेट्रोल भेरिएन्टमा सनरुफ दिइएको हो । जसको मूल्य नेपाली बजारमा ५३ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

जुलाई महिनामा भारतमा सवारी साधन बिक्रीमा उछाल, यी कम्पनीले बनाए रेकर्ड

जुलाई महिनामा भारतमा सवारी साधन बिक्रीमा उछाल, यी कम्पनीले बनाए रेकर्ड

कोरोनाको दोस्रो लहर सकिए लगत्तै भारतीय बजारमा जुलाई महिनामा गाडीको मागमा...

चर्चामा टाटाको सबैभन्दा सस्तो कार, फेरि देखियो स्पाई तस्बिर

चर्चामा टाटाको सबैभन्दा सस्तो कार, फेरि देखियो स्पाई तस्बिर

टाटाले गत अटो एक्सपोमा प्रदर्शन गरेको ‘एचबीएक्स’ कोडनेमको कन्सेप्ट कार...

वाडा अटो शो २०२५ : पोखरामा टाटाका नयाँ ईभी सार्वजनिक

वाडा अटो शो २०२५ : पोखरामा टाटाका नयाँ ईभी सार्वजनिक

पाेखरा – चैत १७ सम्म पाेखरामा चल्ने वाडा अटो शो २०२५ को अवसरमा टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...