चीनले बनायो विश्वको सबैभन्दा तीव्र गतिको ट्रेन, ६०० किलोमिटर प्रति घन्टा स्पिड

चीनले विश्वको सबैभन्दा तीव्र गतिको म्याग्लेभ ट्रेनको सुरुवात गरेको छ । सो ट्रेन ६०० किलोमिटर प्रति घन्टाको स्पिडमा कुद्ने क्षमताको रहेको छ । सो ट्रेनको सुरुवात सार्वजनिक रुपमा चीनको तटीय शहर किंगदाओमा भएको छ ।

हाई स्पिड म्याग्लेभ ट्रेनको परियोजनाको सुरुवात अक्टोबर २०१६ मा भएको थियो । उक्त ट्रेनको प्रोटोटाइप २०१९ मा बनाइएको थियो र यसको सफल परीक्षण २०२० मा भएको थियो । सो ट्रेनमा १० डब्बा रहेको छ । यसको हरेक डब्बामा १०० जना यात्रीको लागि सिट क्षमता रहेको छ ।

सो ट्रेनले पहिले १५०० किलोमिटरको दायरामा यात्रा सुरुवात गर्नेछ । म्याग्लेभ ट्रेन बिजुलीबाट बनेको चुम्बकीय तरङ्गको सहारामा चल्ने गर्छ । ट्रेन र पटरियाको बीचमा सम्पर्क नभएको कारणले गर्दा सो ट्रेनको स्पिड तीव्र भएको हो ।

यस्तो खालको ट्रेन निकै महँगो हुने गर्छ, जसको कारणले गर्दा यो निकै कम देशमा मात्र रहेको छ । सो ट्रेनको प्रयोग चीन, जापान, दक्षिण कोरिया, फ्रान्स र स्पेन जस्ता देशले गर्ने गरेका छन् ।

हाल सो ट्रेन मेगासिटी शांघाईको हवाई अड्डादेखि शहरको लागि मात्र प्रयोगमा ल्याइएको छ । चीनमा कुनै इन्टरसिटी वा अन्तर प्रान्त म्याग्लेभ लाइन रहेको छैन । रिपोर्टका अनुसार हाल शांघाई र चेंगदु जस्ता सहरमा यसको लागि अनुसन्धान भइरहेको छ ।

सो ट्रेनको ब्रेकिङ सिस्टम कुशल बनाइएको छ । जसको ब्रेकिङ दुरी १६ किलोमिटरबाट घटेर १० किलोमिटरमा सीमित भएको छ । उक्त ट्रेनमा यात्राको क्रममा इन्टरनेट र वायरलेस चार्जिङको पनि सुविधा रहेको छ ।

सम्बन्धित समाचारहरू

ड्राइभरले मिररमा हेरेकै भरमा लेन चेन्ज हुनेछ बीएमडब्ल्यु ५–सिरिज सेडानमा

ड्राइभरले मिररमा हेरेकै भरमा लेन चेन्ज हुनेछ बीएमडब्ल्यु ५–सिरिज सेडानमा

लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्युले बजारमा उपलब्ध गराउने...

बीएसएको इलेक्ट्रिक बाइक भारतमा उत्पादन गर्दै क्लासिक लेजेन्ड्स

बीएसएको इलेक्ट्रिक बाइक भारतमा उत्पादन गर्दै क्लासिक लेजेन्ड्स

महिन्द्राको टु–हिवलर डिभिजन क्लासिक लेजेन्ड्सले २०२५ सम्ममा भारतमा...

पेरिस मोटर शोमा पानीमा तैरिने कार देखि विश्वकै पहिलो एआई प्रयोग भएको कार सम्म प्रदर्शन

पेरिस मोटर शोमा पानीमा तैरिने कार देखि विश्वकै पहिलो एआई प्रयोग भएको कार सम्म प्रदर्शन

पेरिस अटो शो २०२४ आयोजना भइरहेको छ । उक्त शोमा यस्तो उच्च प्रविधिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...