प्रोडक्ट रेन्ज बढाउँदै होन्डा, क्रुजर सेग्मेन्ट पछि अब पालो एड्भेन्चर र रेट्रो लुकको

जापनिज टु ह्विलर कम्पनी होन्डाले पछिल्लो समय प्रोडक्ट रेन्ज थप गर्दै लगेको छ । यसअघि डेली कम्युट, टुरिङ र स्पोर्ट बाइक उत्पादन गर्दै आइरहेको कम्पनीले पछिल्लो समय क्रुजर, एड्भेन्चर र रेट्रो अर्थात स्क्र्याम्ब्लर लुकका बाइकको उत्पादन तथा बिक्री बितरणमा समेत जोड दिन थालेको छ । होन्डाले आफ्नो ब्रान्डमा बिश्वास गर्ने राइडरलाई इन्गेज गराइराख्न पनि नयाँ रेन्ज थप गर्दै लगेको हो ।

प्रोडक्ट रेन्जलाई व्यापकता दिने होन्डाको अभियान अन्तर्गत क्रुजर सेग्मेन्टको सीबी हाइनेस ३५० ले कारोबार थालिसकेको छ । भारतमा निर्मित यो मोटरसाइकलले यो सेग्मेन्टमा रुचि राख्ने राइडरलाई आकर्षित गर्न थालिसकेको छ । केही समयअघिमात्र नेपाली बजारमा समेत भित्रिएको यो बाइकको छोटो समय अवधिमै स्टक सोल्ड आउट भएको थियो । परम्परागत प्रतिस्पर्धी रोयल इन्फिल्ड र केही बर्ष अघिमात्र लन्च गरिएको जावा ब्रान्डलाई टक्कर दिने गरी यसको बिक्री थालिएको थियो ।

क्रुजर सेग्मेन्टलाई बजारमा उतारेर चर्चामा आएको होन्डाले पछिल्लो समय रेट्रो लुकको नयाँ बाइक भित्र्याउने तयारी थालेको छ । ३५० सीसी क्षमताको आरएस मोडललाई अबको केही दिनभित्रै नेपाली बजारमा उतारिसक्ने आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ ।

त्यसेगरी कम्पनीले भारतीय प्लान्टमा सस्तो मूल्यको एड्भेन्चर अर्थात डर्ट बाइक उत्पादन गर्ने गरी केही दिन पहिलेमात्र नयाँ बाइकको प्याटेन्ट दर्ता गराएको छ । यो सेग्मेन्टमा कम मूल्यका मोटरसाइकलले बजार लिन थालेपछि प्रतिस्पर्धी ब्रान्डलाई टक्कर दिने रणनीति अनुरुप कम्पनीले भारतीय प्लान्टबाट नयाँ बाइक उत्पादन गर्ने तयारी थालेको हो । हाल कारोबार भैरहेको होन्डा हर्नेट २.० मा आधारित भई होन्डा एनएक्स २०० मोडलको बाइक उत्पादन गर्ने कम्पनीले जनाएको छ । यो बाइक उत्पादन भई भारतमा लन्च भएपछि नेपाली बजारमा समेत भित्रिनेछ । यसले हाल कारोबार भैरहेको यही सेग्मेन्टको एक्सआर मोडललाई प्रतिस्थापन गर्ने देखिन्छ । यो बाइक हाल चीनबाट आयात भैरहेको छ ।

पावरफुल इन्जिन, उच्चतम पावर तथा पर्फमेन्स र इन्धन किफायती विशेषताका कारण होन्डाका टु ह्विलर विश्वभर लोकप्रिय मानिन्छन् । नेपाली बजारमा होन्डाका स्कुटरका साथै साइन, युनिकर्न, सीबी हर्नेट र एक्सआर मोडलका मोटरसाइकल बढी लोकप्रिय छन् । बिगत लामो समयदेखि टु ह्विलर बजारमा होन्डाले अलग छाप छाड्न सफल बनेका कारण नयाँ प्रोडक्ट रेन्जलाई समेत नेपाली राइडरले सहजै विश्वास गर्ने अवस्था देखिन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ अवतारमा लन्च हुँदै होन्डाको सेडान कार अमेज

नयाँ अवतारमा लन्च हुँदै होन्डाको सेडान कार अमेज

होन्डाले यो वर्ष होन्डा अमेजलाई नयाँ अवतारमा लन्च गर्ने तयारी गरिरहेको छ ।...

यस्तो हुनेछ होन्डाको नेपाल आउने सीबी ३५० डीएलएक्स मोडल, थप जानकारीका लागि फोन गर्न सकिने

यस्तो हुनेछ होन्डाको नेपाल आउने सीबी ३५० डीएलएक्स मोडल, थप जानकारीका लागि फोन गर्न सकिने

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

२०० सीसी सेग्मेन्टमा होन्डा हर्नेटको मूल्य १ लाख बढीले महंगो, यस्तो छ प्रतिस्पर्धी ब्रान्डको अवस्था

२०० सीसी सेग्मेन्टमा होन्डा हर्नेटको मूल्य १ लाख बढीले महंगो, यस्तो छ प्रतिस्पर्धी ब्रान्डको अवस्था

पावरफुल सेग्मेन्टका बाइकमा राइडरहरुको रुचि बढ्दै गएपछि टु ह्विलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...